घरेलु मैदानमा बैङ्गलोरको जित

घरेलु मैदानमा बैङ्गलोरको जित
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैङ्गलोर(आरसीबी)ले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

घरेलु मैदानमा लगातार हार बेहोरिरहेको आरसीबीले अन्तत घरेलु मैदानमा जित दर्ता गरेको हाे। 

बैङ्गलोरस्थित एम चिन्नस्वामी क्रिकेट स्टेडियम आरसीबीले राजस्थानमाथि ११ रनको जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले २०५ रन बनाएको थियो। 

आरसीबीले दिएको २०६ रनको विजय लक्ष्य पछाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन मात्रै बनायो। 

राजस्थानका लागि ओपनर ब्याटर यसस्वी जैसवालले सर्वाधिक ४९ रनको पारी खेले। उनले १९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर वैभव सूर्यवंशीले १६ रन बनाए। नितेश राणाले २८ रन बनाउँदा कप्तान रियान परागले २२ रन बनाए। ध्रुव जुरेलले ४७ रनको पारी खेले। सिम्रोन हेटमायर र शिवम दुबेले क्रमश:११ र १२ रन बनाए।

आरसीबीको लागि बलिङतर्फ जोश ह्याजलवुर्डले सर्वाधिक ४ विकेट लिए। कुर्नाल पाण्ड्याले २, भुवनेश्वर कुमार र यस दयालले १-१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो।

आरसीबीका लागि ओपनर ब्याटर विराट कोहोलीले सर्वाधिक ७० रन जाेडे । उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर फिल साल्टले २६ रन बनाए। देवदूत पार्डिकलले ५० रनको अर्धशतकीय पारी खेले। टिम डेबिटले २३ रन बनाए। जितेश शर्माले २० रनमा अविजित रहे।

राजस्थान रोयल्सका लागि बलिङतर्फ सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए। जोफर आर्चर र वनिन्दु हसरंगाले १-१ विकेट लिए।

यो खेलमा हार बेहोरेसँगै राजस्थान रोयल्सको प्लेअफ खेल्ने सम्भावना भने निकै झिनो बनेको छ। हालसम्म अङ्कगणितीय रूपले नबाहिरिए पनि राजस्थानलाई अङ्क तालिकामा उकास्न अब केही जादुयी इनिङ्स खेल्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.