सुदूरपश्चिमका मुख्यमन्त्रीसहित १० जना भारत भ्रमणमा जाँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीसहित १० जना भारत भ्रमणमा जाँदै

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाने भएको छ । शनिबार मुख्यमन्त्री शाहले भारत भ्रमणका बारेमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन । 

भारत सरकारको निमन्त्रणामा प्रदेश सरकारको टोली वैशाख १६  देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको हो । 

भ्रमण टोलीमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भारत भ्रमणमा जाने भएका हुन ।

मुख्यमन्त्री शाहले नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले औपचारिक रुपमा निमन्त्रणा गरेको बताए । ‘प्रदेश सरकारले यसलाई उपलब्धिको रुपमा लिएको छ’ मुख्यमन्त्री शाहले भने, ‘भारत भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुनेछ ।’ 

टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ । भारतको उत्तराण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँगको भेटघाट पनि तय भएको छ । ‘यद्यपि भेटघाटको समय तालिका अझै आएको छैन । देहरादूनमा धामी र लखनउमा योगीसँग भेटघाट हुनेछ’ मुख्यमन्त्री शाहले भने । 

पहिलो दिन भ्रमण टोली काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जानेछ, । दिल्लीमा संघीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया हुनेछ । त्यस क्रमशः टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेट पश्चात लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.