एमएम कप : एपीएफद्वारा बागमती पराजित

एमएम कप : एपीएफद्वारा बागमती पराजित

विराटनगरमा जारी तेस्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो। बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९.४ ओभरमा २ विकेट गुमाएर भेटायो। 

लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए। अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए । उनले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बागमतीको बलिङमा अशिम श्रेष्ठले २ विकेट लिए। 

यसअघि टस हारेर पिहला ब्याटिङ गरेको बागमती प्रदेशले १९.३ ओभरमा ८० रनमा सबै विकेट गुमायो। बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१ रन योगदान दिए भने विवेक राना मगरले १३ तथा उत्तम थापा मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

एपीएफको बलिङमा दायाँ हाते मिडियम पेसर प्रकाश जैसीले सर्वाधिक ४ विकेट लिए । उनले ५ ओभरमा १ मेडन गर्दै ३५ रन खर्चिए। देब्रे हाते स्पिनर अभिशेस गौतमले ३ विकेट लिए । उनले ३.३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन मात्र खर्चिए। भोजराज भट्टले २ तथा दिवान पुनले १ विकेट लिए। 

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ आर्मीसँग २ विकेटले पराजित भएको थियो।

समूह 'ए'अन्तर्गत अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी विजयी भए समूह विजेताको रुपमा फाइनल प्रवेश गर्नेछ। यदि बागमतीले आर्मीलाई पराजित गरेको खण्डमा भने नेट रन रेटमा तिन टिममध्ये उत्कृष्ट हुने टिम अघिल्लो चरणमा प्रवेश गर्नेछ।

प्रतियोगितामा ६ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.