नेपाल पुलिस एमएम कपको फाइनलमा प्रवेश

नेपाल पुलिस एमएम कपको फाइनलमा प्रवेश
सुन्नुहोस्

काठमाडाैँ : विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। 

बिहीबार सम्पन्न प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो। पुलिस समूह 'बि'को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्। समूह 'ए'को विजेताको रुपमा आर्मी यसअघिनै फाइनल प्रवेश गरिसकेको छ। 

उपाधिको लागि शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजे सुरु हुनेछ। 

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ६ विकेटको जित दर्ता गर्‍यो। 

अघिल्लो खेलमा कोशी प्रदेशसँग पराजित भएको पुलिसले फाइनल पुग्न आसामले दिएको १५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने थियो। पुलिसले २६.१ ओभरमा ४ विकेट मात्र गुमाएर जित दर्ता गर्‍यो। 

पुलिसको ब्याटिङमा अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धशतकीय योगदान दिए। अमितले ७२ बलमा ५ चौका र ३ छक्का मद्दतले ७१ रन बनाए। यस्तै छैटौँ नम्बरमा ब्याटिङ गरेका शंकरले ६७ बलमा ४ चौका र ४ छक्का मद्दतले ६३ रन बनाए। 

४३ रनमा ४ विकेट गुमाएको अवस्थामा अमित र शंकरले पाँचौँ विकेटको लागि अविजित ११७ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याए। 

आसामको ब्याटिङमा गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए। चिरन्तन खात्तिनियरले १ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२. २ ओभरमा १५४ रनमा सबै विकेट गुमायो। 

आसामको लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन योगदान दिए। यस्तै अरुण सोनारले ३१, केभिन संजिवले २३ तथा हियम कश्यपले १९ रन बनाए। 

पुलिसको बलिङमा देब्रे हाते स्पिनर अरुण ऐरी र दायाँ हाते पेसर श्रवन यादवले ३/३ विकेट लिए। ऐरीले ९ ओभरमा १ मेडन गर्दै १७ रन खर्चिए भने यादवले ३ ओभरमा ७ रन खर्चिए। विपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले १/१ विकेट लिए। 

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.