शिरोधारा : किन माइग्रेन र अनिद्राका लागि उत्कृष्ट उपचार हो

शिरोधारा : किन माइग्रेन र अनिद्राका लागि उत्कृष्ट उपचार हो
सुन्नुहोस्

शिरोधारा, एक प्राचीन आयुर्वेदिक उपचार विधि हो। जसमा विशेष प्रकारको औषधीय तेल वा तरल पदार्थको निरन्तर धार टाउकोको मध्यभागमा खन्याइन्छ। यो विधि शरीर र मनको गहिरो वि   श्रामको लागि प्रसिद्ध छ। र विशेषगरी माइग्रेन (आधा टाउको दुखाइ) र अनिद्राका (निद्रा नलाग्ने समस्या) लागि अत्यन्त प्रभावकारी मानिन्छ। 

शिरोधाराको प्रक्रिया

शिरोधारा शब्द दुई संस्कृत शब्दहरूबाट बनेको हो। ‘शिर’ जसको अर्थ टाउको हो र ‘धारा’ जसको अर्थ निरन्तर बग्ने धार हो। यसमा शरीरलाई पूर्ण रूपमा विश्राम दिने अवस्थामा राखी, मुन्तिरामा राखिएको तातो तेल वा औषधीय द्रवलाई एकनासले टाउकोमा खन्याइन्छ। उपचार साधारणतया ३० देखि ६० मिनेटसम्म चल्ने गर्छ। 

माइग्रेनमा शिरोधाराको लाभ

माइग्रेन एक प्रकारको न्युरोलोजिकल अवस्था हो। जसले अत्यधिक टाउको दुखाइ, वाकवाकी, दृष्टि गडबडी आदि ल्याउँछ। आधुनिक औषधिले तुरुन्त राहत दिन सक्छ तर दीर्घकालीन समाधानका लागि शिरोधाराजस्तो प्राकृतिक विधि उपयोगी हुन्छ। 

तनाव र स्नायविक उत्तेजना कम गर्दछ

शिरोधारा गर्दा प्रयोग हुने तातो तेलले स्नायविक प्रणालीमा शीतलता ल्याउँछ। र तनाव कम गर्छ। अनुसन्धानअनुसार, शिरोधाराले सेरोटोनिन र डोपामाइनजस्ता न्युरोट्रान्समिटरको सन्तुलन कायम राख्न मद्दत गर्छ। जुन माइग्रेन नियन्त्रणमा अत्यन्त महत्त्वपूर्ण भएको इन्टरनेसनल जर्नल अफ रिसर्च इन आयुर्वेदा एन्ड फार्मेसी, २०१७ मा उल्लेख छ। 

रक्तसञ्चार सुधार र मस्तिष्कलाई शान्त पार्ने कार्य

शिरोधाराबाट टाउकोमा नियमित रूपमा खन्याइने औषधीय तेलले टाउकोको रक्तसञ्चार सुधार गर्छ, जसले मस्तिष्कमा अक्सिजनको प्रवाह बढाउँछ। यसले नसा चिस्याउने काम गर्छ र माइग्रेनको कारण हुने स्नायविक अतिक्रियालाई नियन्त्रणमा राख्छ। 

अनिद्रामा शिरोधाराको लाभ

अनिद्रा आजको व्यस्त जीवनशैली र मानसिक तनावको प्रतिफल हो। गहिरो निद्रा नहुनु मानसिक र शारीरिक दुवै स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। शिरोधारा यस समस्याको स्थायी समाधान हुन सक्छ। 

१. मानसिक शान्ति र विश्राम प्रदान गर्ने

शिरोधाराले मस्तिष्कलाई अल्फा वेभ्स उत्पादन गर्न प्रेरित गर्छ। जसले मानसिक शान्ति र वि   श्राम ल्याउँछ। नेसनल इन्स्टिच्युट अफ हेल्थद्वारा प्रकाशित एक अध्ययनमा शिरोधाराले कोर्टिसोल (तनाव हर्मोन) को स्तर घटाउने देखाइएको छ। 

२. निद्रालाई उत्प्रेरित गर्ने हर्मोन सन्तुलनमा राख्ने

शिरोधाराले पिनियल ग्रन्थीमा सकारात्मक असर पार्छ जसले मेलाटोनिननामक हर्मोन उत्पादन गर्छ। जुन निद्राको चक्र सन्तुलनमा राख्न जिम्मेवार हुन्छ। यसले अनिद्राका बिरामीलाई गहिरो र शान्त निद्रा ल्याउन मद्दत गर्छ। 

कुन किसिमको तेल प्रयोग हुन्छ ?   

शिरोधारामा प्रायः ब्राह्मी तेल, नारायण तेल, केश तेल, अश्वगन्धा तेलजस्ता आयुर्वेदिक तेलहरू प्रयोग गरिन्छ। यी सबै तेलहरू मस्तिष्क र स्नायविक प्रणालीमा शान्तिदायक प्रभाव पार्ने तत्त्वले भरिपूर्ण हुन्छन्। शिरोधारा कुनै चमत्कारिक उपचार होइन तर हजारौं वर्ष पुरानो परीक्षणित विधि हो जसले प्राकृतिक रूपमा शरीर र मनलाई सन्तुलनमा राख्न सहयोग पु¥याउँछ। 

माइग्रेन र अनिद्राको समाधान खोज्दै हुनुहुन्छ भने, औषधिको भर पर्नुभन्दा पहिला शिरोधाराको प्राकृतिक प्रभाव अनुभव गर्न सकिन्छ। नियमित शिरोधारा गर्दा मानसिक स्पष्टता, भावनात्मक सन्तुलन र शारीरिक विश्राम एकैपटक प्राप्त गर्न सकिन्छ। 

आयुर्वेदमा भनिन्छ– ‘शरीरस्थो हि धर्मार्थकाममोक्षानाम् साधनम्।’ अर्थात्, स्वस्थ शरीर नै सबै चार पुरुषार्थको आधार हो। त्यसैले शिरोधाराजस्ता उपचारले न केवल रोगको निवारण गर्छ, बरु जीवनलाई शुद्ध र सन्तुलित बनाउने दिशामा पनि प्रेरित गर्छ।

राजेश फैंजु, ट्रयाङक्विलिटी स्पा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.