जानकी जन्मोत्वमा उल्लासमय मिथिला

जानकी जन्मोत्वमा उल्लासमय मिथिला
सुन्नुहोस्

जनकपुरधाम : 
प्रकट भेलि सिया सुखदैया,
जनकपुरमे बाजे बधैया।।

जनकपुरको जानकी मन्दिरमा मंगलबार सीता प्रकाट्य दिवस (जानकी नवमी)का अवसरमा गुञ्जिएको यो बधैंया गान र मंगलगानले मिथिलालाई उल्लासमय बनाएको हो। माता सीताको प्रकाट्य दिवस जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा हर्षोल्लास र भव्यताका साथ मनाइएको छ। 

यस अवसरमा जानकी मन्दिरमा पछिल्लो १५ दिनदेखि मंगलगान तथा बधैया गीतहरू प्रत्येक दिन गाइने गरिन्थ्यो भने मन्दिरलाई भव्य रूपमा सजाएर उत्सवको तयारी गरिएको थियो। 

धैर्य, सहनशीलता, उदारताकी प्रतिमूर्ति, सच्चरित्रता, सतित्व, नारित्व, मातृत्वासल्य करुणामयि र हिन्दू धर्मावलम्बीहरूको पुजनीय माता सीताको जन्मोत्सवमा सहभागी हुन देश विदेशबाट पाहुनाहरू जनकपुर आइपुगेका थिए। 

जानकी मन्दिरद्वारा वैशाख १५ गतेदेखि सुरु भएको जानकी जन्मोत्सव कार्यक्रम मंगलबारसम्म मनाइएको हो। जसअन्तर्गत रामकथा, जानकी जन्म बधाई मंगल गान र सांस्कृतिक कार्यक्रम, अखण्ड रामायण, दुधमती नदीमा शाही स्नान, जन्म आरती, जानकी मन्दिरको डोला शोभा यात्रा र विशेष आरती तथा दिपोत्सवको कार्यक्रम गरिएको हो। 

जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशमा सार्वजनिक विदा दिएपनि संघ सरकारले हालसम्म राष्ट्रिय बिदा दिने गरेको छैन। ‘विश्वमा छोरीको नामले चिनिने भूमि जनकपुर नै छ। यहाँ माता सीताको जन्म भएकै कारण यो स्थल विश्व प्रसिद्ध हुन पुगेको हो त्यसैले जानकी जन्मोत्सवमा मिथिलाञ्चल वासीले धुमधामका साथ मनाउने गर्दछन्,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भन्छन्, जनकपुरको भूमिले छोरीलाई शक्तिस्वरुपमा मानेको छ। छोरीकै कारण राजा जनकको वंश विस्तार भयो। जनक जस्ता थुप्रै महान राजाहरू भएपनि सीता जस्तो छोरी पाउनु मिथिलावासीको लागि सौभाग्यको कुरा हो त्यसैले आज पनि जानकीको नगरीमा उनको जन्मोत्सव भव्यताका साथ मनाइन्छ।’

जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएको हुनाले उनीप्रति सम्पूर्ण मिथिलावासी नतमस्तक हुन्छन्। किंवदन्तीका अनुसार अनिकालबाट मुक्तिका लागि राजर्षि जनकले हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो। राष्ट्रकवी माधवप्रसाद घिमिरेले जानकी जन्मलाई वर्णन गर्दै लेखेका छन्, ‘जन्मिन यहाँ जानकी मञ्जिरीजस्तै धानकी माण्डवी, कीर्ति, उर्मिला, बहिनी बाल चञ्चला...... लावण्यमयी जानकी गहुँ र गोरी जानकी , अर्पित भइन् राममा यही हो मेरो मिथिला धरती शस्यश्यामला।’

जानकी नवमीको अवसरमा मिथिलाञ्चलमा विवाहित महिलाहरूले व्रत बस्ने चलन पनि छ। मान्यता छ भूमिबाट उत्पन्न भएकै कारण उनी अन्नपूर्ण स्वरूपमा हुन् र उनको जन्मोत्सवमा व्रत बस्दा घरमा सुख, समृद्धि, अन्न र वैभव इत्यादिको प्राप्ति हुन्छ। 

जानकी नवमीकै अवसरमा सोमबार भारतको विश्व प्रसिद्ध धर्म गुरु तुलसीपीठाधिश्रर जगदगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य महाराजले पनि जानकी मन्दिरको दर्शन गरेका थिए। त्यसैगरी देश विदेशबाट यस अवसरमा जनकपुर आएका साधुसन्त तथा विशिष्ट पाहुनाहरूको आगमनले जनकपुर भरिभराउ रहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.