बागमतीमा निजी वनका सालका रुख कटानसम्बन्धी कार्यविधि स्वीकृत

बागमतीमा निजी वनका सालका रुख कटानसम्बन्धी कार्यविधि स्वीकृत
सुन्नुहोस्

 हेटौंडा : बागमती प्रदेशभित्रका निजी वनमा रहेका साल प्रजातिको रुख कटान कार्य सुरुवात गर्न बनाइएको अनुगमनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत भएको छ। प्रदेशको गत मंगलबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । 

प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा.केदार बरालका अनुसार निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१ तयार गरी स्वीकृतिका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा पठाएकोमा उक्त कार्यविधि स्वीकृत भएर आएको बताए । उनले भने,‘यो कार्यविधि स्वीकृत भएसँगै कार्यविधि बमोजिम दर्ता भएका निजी वन धनीहरूले आफ्नो निजी वनमा लगाइएका वा हुर्काइएका सालका रुखहरू स्वीकृति लिई कटान र उपयोग गर्न सक्नेछन्।’ 

संघीय सरकारले २०८० साल मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग)मा दर्ता भएका निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार र बिक्री वितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैअनुरुप प्रदेश सरकारले निजी वनको साल कटान तथा उपयोग कार्यको अनुगमन गर्न यो कार्यविधि तयार गरेको उनले बताए। 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.