पाकिस्तानले टर्कीस हतियार प्रयोग गरी भारतमाथि आक्रमण गर्‍यो : भारतीय विदेश मन्त्रालय

पाकिस्तानले टर्कीस हतियार प्रयोग गरी भारतमाथि आक्रमण गर्‍यो : भारतीय विदेश मन्त्रालय
सुन्नुहोस्

काठमाडौं : भारत सरकारले पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको आरोप लगाएको छ। बिहीबार राति भारतका विभिन्न क्षेत्रमा धर्म र समुदाय लक्षित प्रहार गरेर पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले जानकारी दिए।

शुक्रबार विशेष पत्रकार सम्मेलनमा उनले गुरुद्वारा र पुन्चमा पाकिस्तानले समुदाय लक्षित आक्रमण गरेको आरोप लगाएको हो। त्यस्तै विश्व समुदायमाझ पनि पाकिस्तानले मिथ्या सूचना फैलाइरहेको भारतको आरोप छ। पाकिस्तानका मन्त्रीहरू नै भ्रम फैलाउन उद्यत रहेको विदेश सचिव मिश्रीले बताए।

पाकिस्तानले विहीबार भारतको पश्चिम सीमा क्षेत्रको ३६ स्थानमा आक्रमण गरेको भारतले पुष्टि गरेको छ। पाकिस्तानले टर्किस निर्मित हतियार प्रयोग गरी कन्धार, उरी, पुन्च, मेन्धर, राजौरी, अख्नुर र उधमपुरमा आक्रमण गरेको कर्नेल सोफिया कुरैशीले बताइन्। उक्त घटनाहरूमा केही भारतीय सुरक्षाकर्मी हाताहाती भएको केही घाइते भएको उनले बताइन्। भारतको जवाफी कारबाहीमा भने पाकिस्तानी सेनामा ठूलो क्षति पुगेको भारतको दाबी छ। त्यस्तै पाकिस्तानले प्रहार गरेका धेरै ड्रोनलाई खसालेको भारतको दाबी छ। 

त्यस्तै पाकिस्तानले त्यहाँको व्यवसायिक उडानलाई ढालको रूपमा प्रयोग गरिरहेको आरोप लगाए। पाकिस्तानले पटक-पटक भारतमाथि आक्रमण गरेर असफल प्रयास गरे पनि त्यहाँको उडानहरू नरोकेको आरोप मिश्रीको छ। पाकिस्तानको उक्त कदमले अन्तर्राष्ट्रिय उडानमा पनि खतरा पर्नसक्ने आकलन भारतको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.