भारतसँग पराजित हुँदै नेपाल समूह उपविजेता
काठमाडौं : साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह 'बी'को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। मङ्गलबार गोल्डन जुब्ली स्टेडियम, युपीयामा भएको खेलमा नेपाल भारतसँग ४-० ले पराजित भएको हो।
भारतसँग पराजित भएसँगै नेपाल समूह 'बी'को उपविजेताका रूपमा सेमीफाइनल खेल्नेछ।
खेलको ७६ औं मिनेटमा रोहिनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। खेलको ८४ औं मिनेटमा डानी मिथेइले पुनः एक गोल थप्दै भारतलाई ४-० को जित दिलाएका हुन्।
नेपाललाई हराउँदै भारत समूह 'बी'को विजेता बनेको छ। यसअघि नै दुवै टोलीले श्रीलंकालाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरिसकेका छन्।
सेमिफाइनल खेलमा नेपालले समूह 'ए'को विजेता बांगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। भारतले भने समूह ए को उपविजेताका रूपमा सेमीफाइनल खेल्ने माल्दिभसँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस !