कार्बोहाइड्रेट्सले के गर्छ ?
कार्बोहाइड्रेट्स शक्ति दिने पौष्टिक तत्त्व हो। कार्बोहाइड्रेट्स हाम्रो खानाको प्रमुख स्रोत हो। यसले हाम्रो शरीरलाई शक्ति दिने काम गर्दछ। मानव शरीरलाई चाहिने सम्पूर्ण शक्तिमध्ये ६० देखि ८० प्रतिशत कार्बोहाइड्रेट्सबाट प्राप्त हुन्छ। चिनी, मह, मिठाई, गुलिया फलफूल, उखु, चामल, मकै, गहुँ, जौ, कोदो, फापर,आलु, पिडालु, तरुल, सख्खरखण्ड आदिमा कार्बोहाइड्रेट्स पाइन्छ। कार्बोहाइड्रेट्सले मानव शरीरमा निम्न कार्यहरू गर्दछ।
– मानव शरीरलाई विभिन्न क्रियाकलाप सञ्चालन गर्न शक्ति उपलब्ध गर्दछ।
– कार्बोहाइड्रेट्समा हुने चिनीले शरीरको रगतमा चिनीको मात्रा वा स्तरलाई नियमित बनाई राख्छ।
– दैनिक भोजनबाट प्राप्त हुने कार्बोहाइड्रेट्सले शक्ति र ताप उत्पन्न गरी शरीरको तापक्रम नियमित राख्न सहयोग गर्दछ।
– शरीरको छालालाई चिल्लो, नरम र स्वस्थ बनाइराख्ने काममा मद्दत गर्दछ।
– चिल्लो पदार्थहरूलाई रसायिनिक प्रक्रियाहरूद्वारा अक्सिजनसँग मिलाउने कार्य गर्दछ।
– दैनिक रूपमा खाने खाद्यपदार्थलाई सुगन्धित र स्वादिलो बनाउँछ ।
– तापशक्ति उत्पन्न गर्ने हुनाले शरीरलाई सधैँ मौसम अनुकूल न्यानो बनाइ राख्छ।
प्रतिक्रिया दिनुहोस !
३