के हो दृष्टि दोष ?
हामीले देखेको वस्तुको आकृति आँखाको रेटिनामा बन्छ। यस्तो आकृति रेटिनामा बन्न सकेन भने आँखाले राम्ररी देख्न वा छुट्टाउन सक्दैन तर चस्मा लगाएमा देख्न सक्ने अवस्थालाई दृष्टि दोष भनिन्छ। दृष्टि दोष भएका मानिसले टाढा वा नजिक अथवा दुवै राम्ररी देख्दैनन्।
लक्षणहरू
– टाढा वा नजिकको वस्तु राम्ररी देख्न वा पढ्न नसक्ने
– टाउको दुख्ने, आँखा डेढो देखिने
विद्यालय जाने उमेरका बालबालिकाहरूमा टाढा वा नजिक नदेख्ने, एकोहोरो चिहाएर हेर्ने आदि समस्या देखिएमा तुरुन्त आँखा जाँच गराउनु पर्दछ। साथै हरेक बालबालिकाको प्रत्येक ६ -६ महिनामा आँखा जाँच गराउनु पर्दछ।
दृष्टि दोषको उपचारको लागि नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गराई चिकित्सकको सल्लाह बमोजिम चस्माको प्रयोग गर्नु पर्दछ।
प्रतिक्रिया दिनुहोस !
३