चिसो पानीले नुहाउँदा यस्तो हुन्छ फाइदा

चिसो पानीले नुहाउँदा यस्तो हुन्छ फाइदा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

तातो पानीले नुहाउँदा शरीरको थकान कम हुन्छ भन्ने धेरैको सोचाइ हुन्छ। जसले गर्दा कतिपय व्यक्ति वैशाख जेठको गर्मीमा पनि मन तातो पानीले नुहाउने गर्छन्। तर, जाडो होस् या गर्मी, तातो पानीभन्दा चिसो पानीले नुहाउँदा शरीरमा अत्यधिक फाइदा हुने देखिन्छ। 

कपाल र छालाका लागि फाइदाजनक

तातो पानीले नुहाउँदा छालामा रहेका ससाना प्वालहरू खुल्छन्। तर, चिसो पानीले नुहाउँदा ती प्वालहरू बन्द हुन्छन्। जसले गर्दा धुलो र ब्याक्टेरियाहरू छालाभित्र पस्न पाउँदैनन्। यसले डन्डीफोर आउने समस्या कम गर्छ। यसले छालाको लचकता कायम राख्छ र चाउरीपना आउन कम गर्छ। चिसो पानीले नुहाउँदा कपालको जरामा रक्त सञ्चार राम्रोसँग हुन गई कपाल झर्ने समस्याबाट छुट्कारा पाइन्छ। महिलाको सन्दर्भमा यसले कपालको लम्बाइ बढाउन पनि सहयोग गर्छ।

मानसिक स्वास्थ्यमा सुधार

चिसो पानीले नुहाउँदा शरीरमा एक प्रकारको झट्का महसुस हुन्छ जसले गर्दा हाम्रो दिमागलाई सक्रिय बनाइदिन्छ। यसले हाम्रो मस्तिष्कमा एडार्फिन र डोपामिन जस्ता ‘ह्याप्पी हर्मोन’ उत्पान गर्छ जसले गर्दा तनाव, चिन्ता र थकान कम हुन्छ। कतिपय अनुसन्धानले त चिसो पानीले नुहाउने व्यक्तिका लागि डिप्रेसन जस्तो रोगमा प्राकृतिक थेरापीको काम गर्ने पनि पुष्टि गरेको छ। यसले हर्मोनमा सन्तुलन ल्याउने हुनाले बेलाबेलामा मुड परिवर्तन हुने र चिडचिडाहट हुने समस्या कम हुन्छ। 

रक्तसञ्चारमा वृद्धि

जब हाम्रो शरीरले चिसो पानीको महसुस गर्छ, शरीरभरि माथिदेखि तलसम्म रक्त सञ्चार सक्रिय हुन्छ। यसले हाम्रो मुटुको गतिलाई पनि बढाउँछ। जसले गर्दा हाम्रो हृदयले राम्रोसँग रगत पम्प गर्न सक्छ। रक्तसञ्चार राम्रो हुँदा छालामा भएको दाग बिस्तारै हटेर जान्छ। धेरै लामो समयसम्म बसेर काम गर्नुपर्ने ब्यक्तिहरूको रक्त सञ्चार मन्द गतिमा हुने गर्छ। त्यसैले त्यस्ता व्यक्तिका लागि चिसो पानीले नुहाउँदा रक्त सञ्चार शरिरको हरेक कुनासम्म पुग्छ र यसले ताजापन र स्फुर्ति महसुस गराउँछ। 

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि

चिसो पानीले नुहाउँदा शरीरमा लाग्ने झट्काले हाम्रो स्नायु प्रणाली पनि सक्रिय हुन्छ। यसले गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ। जब शरिर चिसो हुन्छ, यसले आपसेआप तताउनका लागि शरीरमा भएको ऊर्जा प्रयोग गर्छ। यस क्रममा सेतो रक्त कोशीकाहरू धेरै सक्रिय हुन्छन् र शरीरमा जुनसुकै रोगसँग लड्ने क्षमता विकास हुन्छ। नियमित रूपमा चिसो पानीले नुहाउने व्यक्तिलाई सामान्य रुघाखोकी र ज्वरो निकै कम मात्र लाग्छ। यसले शरीरमा कर्टिसोल हर्मोनलाई कम गरेर तनाव कम गर्न पनि मदत गर्छ।

घटाउँछ शरिरको तौल

चिसो पानीले नुहाउँदा यसले ब्राउन फ्याट अर्थात् गुड फ्याट (राम्रो बोसो)लाई सक्रिय बनाउँछ जसले क्यालोरीलाई ऊर्जामा बदल्न मदद गर्छ। ब्राउन फ्याट सक्रिय हुँदा यसले शरिरको मेटाबोलिजमलाई पनि बढाउँछ। जसले तौल घटाउन मदत गर्छ।

एलर्जी भगाउन चिसो पानी

तातो पानीले नुहाउँदा छाला सुक्खा हुने हुँदा यसले चिलाउने समस्या र एलर्जी बढाउँछ। चिसो पानीले भने छालालाई शान्त गर्छ र त्यहाँको चिसोपना कायम राख्छ। जो व्यक्तिलाई एक्जेमा, डर्माटाइटिस जस्तो छालाको समस्या छ, उनीहरूका लागि चिसो पानीले नुहाउनु बरदान साबित हुन सक्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.