वैदेशिक रोजगार विभागले गर्‍यो अनुगमनको ढाँचा एवं कार्यविधि परिमार्जन

वैदेशिक रोजगार विभागले गर्‍यो अनुगमनको ढाँचा एवं कार्यविधि परिमार्जन
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगार विभागले अनुगमनको ढाँचा एवं कार्यविधि परिमार्जन गरी लागू गरेको जनाएको छ।  

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्नका लागि अनुगमनको ढाँचा एवं कार्यविधि परिमार्जन गरी लागू गरेको जनाएको हो।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले सरकारले तोकेको मापदण्ड कागजी रूपमा मात्रै देखाउने र वैदेशिक रोजगारमा जाने व्यक्ति पीडित हुने गरेकाले अनुगमनको कार्यविधि परिमार्जन गरिएको बताए।

उनले सत्य र तथ्यमा आधारित रही कानुनको मान्य सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरी पीडितमैत्री न्याय प्रणालीको विकासमा जोड दिइएको उल्लेख गरे।

आगामी दिनहरूमा अझै प्रभावकारी र क्रियाशील भएर विभागका कामलाई थप छिटो छरितो बनाउने प्रयासमा रहेको उनले बताए। उनले सेवा प्रवाहको शैली, विधि, प्रक्रिया र व्यवहारमा सेवाग्राही मैत्री वातावरण अंगीकार गरिएको उल्लेख गरे।  

विभागले चालू आर्थिक वर्षको वैशाखसम्म १ लाख ८ हजार ४ सय २ वटा नयाँ श्रम स्वीकृति प्रदान गरिएको जनाएको छ। हालसम्म ९ हजार १ सय ७९ जना कामदार कोरिया गएको विभागले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.