सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
भारत नेपालको सीमा क्षेत्र । फाइल तस्बिर

जनकपुरधाम :भारतसँग खुल्ला सीमाना रहेको मधेशको आठै जिल्लामा पछिल्लो समय विदेशी नागरिकहरूको शंकास्पद गतिविधिहरू देखिन थालेपछि सुरक्षा निकायले सतर्कता बढाएको छ । मधेशका सीमावर्ती जिल्लाबाट भारतको भूमिमा प्रवेश गर्न र वारीबाट पारि जान सुरक्षित र ठूला नाकाबाहेक सयौं चोरबाटोहरू भएको हुनाले सुरक्षा संवेदनशिलता अझ बढेको हो ।

विशेषगरी सीमानाकामा भएका गाउँहरूमा विदेशी अनुहार भएका वा शंकास्पद व्यक्ति देख्न वित्तिकै प्रहरीमा खबर गर्न स्थानीयलाई सचेत समेत गराउन थालिएको छ । 

पछिल्लो पटक भारत - पाकिस्तानबीच भएको तनाव र भारतको पहलगाममा भएको आतंकवादी आक्रमण पछि नेपालको भूमि प्रयोग गरेर छिमेकी देशमा हुनसक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा निकायले विशेष सर्तकता अपनाएको हो । 

शुक्रबार मात्रै सिरहाको बरियारपट्टी गाउँपालिका- ३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको थियो । एसएसबीले चिनियाँ नागरिक सिचाओलाई पक्राउ गरी भारत लगेको हो । ति चिनियाँ नागरिकसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरेको थियो तर,नेपालीलाई भने फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएको कुरा उनको पासपोर्टबाट खुल्न आएको भएपनि उनी सीमा क्षेत्रमा शंकास्पद गतिविधिमा लागेको देखिएपछि नियन्त्रणमा लिएको भारतीय पक्षको दाबी छ । 

यसै क्रममा गत साता मात्रै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहमा बस्दै आएका ६ जना बांग्लादेशी जमातीलाई शंकास्पद क्रियाकलाप गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिइर काठमाडौं पठाएको हो । 

त्यसैगरी सिरहाको गोलबजारको एक मस्जीदमा बस्दै आएका ६ जना बांग्लादेशी जमाती नागरिकलाई पनि निगरानीमा राखिएको सुरक्षा निकायको स्रोतले बताएको छ।  गत साता मात्रै धनुषाको नेपाल भारत सीमावर्ती क्षेत्र नगराउन नगरपालिका ५ गंगुली पश्चिमवारी टोलको आँप बगैचामा करिब दुई सयको संख्यामा अपरिचित व्यक्तिहरले आएर अस्थायी घर निर्माण गरि डेरा जमाएका थिए । 

उनीहरूको शंकास्पद बसोबासका बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरलाई त्यहाँबाट हाल हटाएको छ । तिनीहरू रोहिंग्या मुस्लीमहरू भएको हुनसक्ने प्रहरीको आशंका छ । 

नेपालको भूमि प्रयोग गरेर कुनै खालको अपराधिक वा आतंककारी गतिविधि हुन नदिन प्रहरी पूर्णरुपमा सचेत रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव महानिरिक्षक (डीआईजी) उमा प्रसाद चर्तुवेदी बताउँछन् । जमातिको नाममा वा धार्मिक शिक्षा दिने उद्देश्यले कुनै व्यक्ति नेपाल आउनु हुन्न भन्ने कुनै प्रकारको कानुन हामीसँग छैन् तर,कुनैपनि बंगलादेशी वा अन्य देशका नागरिक नेपालको भूमिमा आउँदा उनीहरूबाट आन्तरिक वा बाह्य खतरा हुने क्रियाकलाप देखिने विषयमा हामी सचेत छौं,’ डीआईजी चर्तुवेदी भन्छन्,'मधेशका जिल्लाहरूमा बसिरहेका वा आएका विदेशी नागरिकहरूको गतिविधिमाथि हामी निरन्तर निगरानी राखी राखेका छौं । यदि उनीहरूको कुनै शंकास्पद गतिविधि फेला पर्यो भने नेपालको विद्यमान कानुन अनुसार कारवाहीको लागि हामी पहल गर्छौं ।’

सीमा नाकामा बिना परिचय पत्र वा भिसा हेरेर कसैलाई पनि आवतजावत गर्न नदिन प्रहरीले निर्देशन नै दिएको छ । डीआईजी चर्तुवेदी भन्छन्,'छिमेकी कुनै पनि राष्ट्रमा खतरा पर्छ भने त्यसको असर हामीलाई पनि कुनै न कुनै रुपमा पर्छ नै भन्ने आधारमा मधेश प्रदेश सरकारले समेत आन्तरिकस्तरमा सुरक्षा निकायको बैठक गरेको छ । 

उनका अनुसार त्यसका साथै केन्द्रीय सुरक्षा समितिले पनि सीमा सुरक्षाको विषयमा विभिन्न निर्णयहरू गरेर पठाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.