मधेश प्रदेशमा मात्र ३ प्रतिशतलाई खानेपानीको सुविधा

मधेश प्रदेशमा मात्र ३ प्रतिशतलाई खानेपानीको सुविधा
सुन्नुहोस्

जनकपुरधाम : गर्मीयाममा खानेपानीको चरम अभाव खेप्ने बाध्य हुने मधेशमा ३ प्रतिशतले मात्र खानेपानी संस्थानले उपलब्ध गराउने खानेपानी प्राप्त हुने गरेको छ।  

प्रदेशको आठवटै जिल्लामा नेपाल खानेपानी संस्थानले ९ वटा शाखाबाट खानेपानी सेवा दिइराखे पनि कुल जनसंख्याको मात्र ३.४१ प्रतिशत उपभोक्तालाई खानेपानीको सुविधा उपलब्ध गराउन सकेको छ। मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख २६ हजार २८८ रहेको छ भने जम्मा घरधुरीको संख्या ११ लाख १३ हजार ८७० छ जसमध्ये  ३८ हजार घरधुरीले मात्रै संस्थानद्वारा वितरण हुने खानेपानीको सुविधा पाउन सकेका छन्। 

प्रदेशका आठै जिल्लामा भूमिगत जलश्रोत (वेल)को संख्या ८२ थान छ भने रिजभेयर/ओभरहेड ट्यांकी २७ थान छन् त्यसैगरी केमिकल डोजिङ युनिट ३२ थान र धारा संख्या ३८ हजार मात्रै रहेको संस्थानद्वारा प्राप्त तथ्यांकमा उल्लिखित छ। संस्थानले वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये १८ वडामा मात्रै धाराको सुविधा पुर्‍याउन सकेको छ। 

त्यसैगरी कलैया उपमहानगरपालिकाको २७ वटा वडामध्ये ११ वटा, गौर नगरपालिकाको ९ वडामध्ये ७ वटा, मलंगवा नगरपालिकाको १२ वडामध्ये ९ वटा, गौशाला नगरपालिकाको १२ वडामध्ये ७ वटा, लहान नगरपालिकाको २४ वडामध्ये १४ वटा, राजविराज नगरपालिकाको १६ वडामध्ये १० वटा र जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडामध्ये मात्र ११ वटा वडामा सेवा विस्तार गरी खानेपानीको पहुँच पुर्‍याउन सकेको छ। 

मधेश प्रदेशको अधिकांश क्षेत्रमा खानेपानीका लागि चापाकल तथा इनारहरूको प्रयोग गरिने भएकोले यी स्थानहरूमा धाराको माग बढी नहुँदा खानेपानीको धारा जडान गर्न तत्परता नदेखाइएको खानेपानी संस्थानका इन्जिनियर राकेश गोइत बताउँछन्। हाल केही वर्षदेखि चापाकलहरू सुक्खा याममा सुक्ने र यस प्रदेशका केही क्षेत्रहरूमा भौगोलिक संरचनाले गर्दा सो क्षेत्रमा चापाकल नहुने भएको हुँदा उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूले खानेपानीको चरम समस्या हुँदा खानेपानीका लागि धाराको अन्य विकल्प नभएको र सुक्खा मौसममा नयाँ धाराको बढी माग आउने देखिन्छ,’ गोइतले एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भने, नेपाल खानेपानी संस्थानले उपलब्ध श्रोत साधनहरूबाट यस प्रदेशको ८ जिल्लामा ९ वटा शाखाहरूको माध्यमले सेवा प्रवाह गर्दै नेपाल सरकारको एक घर एक धारा नीति अनुरूप कार्य गर्दै आइरहेको भएपनि सबै क्षेत्रमा सेवा पुर्याउन सकेको छैन। यस प्रदेशका जनतामाझ सहज तरिकाले सुरक्षित खानेपानीको सेवा पुर्याउन संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्न जरुरी छ।’ 

प्रदेशमा खानेपानी संस्थानको सेवा विस्तार गर्नमा एक प्रमुख समस्याका रूपमा जनशक्तिको अभाव समेत रहेको संस्थानका लहान कार्यालय प्रमुख इन्जिनियर शिरीष राज भण्डारी बताउँछन्। सरकारले खानेपानीको व्यवस्थापन निजी क्षेत्रलाई दिन खानेपानी व्यवस्थापन बोर्ड गठन गरी संस्थान अन्तर्गत भएको नाफामुलक शाखाहरू हस्तान्तरण भई जाने प्रक्रिया नरोकिने हो भने संस्थानको अस्तित्व नै समाप्त हुने देखिन्छ,’ भण्डारी भन्छन्, सेवा दिन सेवा क्षेत्र वृद्धि हुनुपर्नेमा ठीक उल्टो भई रहेको छ। समयमै सबैको ध्यान जान जरुरी देखिन्छ।’ मधेश प्रदेशमा खानेपानी संस्थानको ९ वटा शाखा कार्यालयमा स्वीकृत कर्मचारी दरबन्दी २०० छ। जसमध्ये ६१ स्थायी, ५२ करार गरी हाल जम्मा ११३ जना कर्मचारी कार्यरत रहे पनि २७४ जना थप कर्मचारीको आवश्यकता रहेको छ।

मधेश प्रदेश भित्र नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीको मुख्य श्रोत नै भूमिगत जलस्रोत हो। संस्थानको मधेश प्रदेश भित्र रहेको भौतिक पूर्वाधारहरूबाट यस प्रदेशको करिब ३ प्रतिशत घरधुरीमा मात्रै खानेपानीको सेवा पुग्न सकेको देखिन्छ,’ नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अजयबाबु ढकाल भन्छन्, यस प्रदेशमा शुद्ध तथा गुणस्तरीय खानेपानीको सेवा विस्तारका लागि संस्थानलाई पानीको श्रोत थप गर्न, पाइप लाइन विस्तार गर्न र अन्य पूर्वाधारहरू निर्माण गर्न ठूलो बजेट तथा जनशक्तिको आवश्यकता छ यसका लागि तीनै तहले सहकार्य र समन्वय गर्नु पर्दछ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.