पेट स्वस्थ राख्न चाहनुहुन्छ भने यी खानेकुरा खानुहोस्
काठमाडौं : प्रायः भनिन्छ पेट स्वस्थ छ भने सम्पूर्ण शरीर स्वस्थ हुन्छ। हाम्रो पेट र पाचन प्रणालीले सम्पूर्ण शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। पाचन, पोषक तत्त्वहरूको अवशोषण र शरीरलाई ऊर्जा प्रदान गर्न स्वस्थ पेटको माइक्रोबायोम आवश्यक छ। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो राख्छ।
धेरै रोगहरू आन्द्राको स्वास्थ्य मार्फत निदान गर्न सकिन्छ। हामी कसरी हाम्रो आन्द्राको स्वास्थ्यलाई बेवास्ता गर्न सक्छौं ? हामीले हाम्रो दैनिक खानामा यस्ता खानेकुराहरू समावेश गर्नुपर्छ जसले पेटलाई बलियो बनाउन र मर्मत गर्न मद्दत गर्छ। यसमा प्रि र प्रोबायोटिक्स युक्त खानेकुराले पेटमा राम्रो ब्याक्टेरिया बढाउँछन्।
अनानास
खानको लागि मात्र राम्रो फल होइन यो पेटको लागि पनि राम्रो छ। यसमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले पाचन प्रक्रियामा काम गर्छ। यसले खानाका ठुला अणुहरूबाट प्रोटिनलाई साना पेप्टाइडमा तोड्न मद्दत गर्छ। अध्ययनहरूले ब्रोमेलेनले शरीरभरि दुखाइ र सूजनसँग लड्न सक्ने देखाएको छ।
प्याज
काँचो प्याज प्रीबायोटिक्सको एक महान् स्रोत हो। यसमा क्वेरसेटिन हुन्छ। यसले शरीरमा हानिकारक फ्री रेडिकलहरूसँग लड्छ। फ्री रेडिकलहरूले पनि बुढ्यौलीलाई तीव्र बनाउँछन्। प्याजमा क्रोमियम र भिटामिन सी पनि हुन्छ।
लसुन
काँचो लसुन अर्को उत्कृष्ट प्रीबायोटिक हो। जसमा उच्च स्तरको इन्युलिन हुन्छ। जसले आन्द्रामा राम्रो ब्याक्टेरियालाई बढावा दिन्छ। लसुनमा धेरै पोषक तत्त्वहरू हुन्छन्। यसमा म्याङ्गनीज, भिटामिन बी६, भिटामिन सी, सेलेनियम र एलिसिन जस्ता धेरै सक्रिय यौगिक समावेश छन्।
एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगरले पेटमा पाचन तरल पदार्थलाई उत्तेजित गर्छ। पेटमा एसिडको उत्पादन बढाएर खानालाई तोड्न र पचाउन मद्दत गर्छ। यसमा एन्टिभाइरल र एन्टिमाइक्रोबियल गुणहरू पनि छन्।
प्रतिक्रिया दिनुहोस !