यी खानेकुराले राख्छ कलेजोलाई स्वस्थ

यी खानेकुराले राख्छ कलेजोलाई स्वस्थ

काठमाडौं : कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगहरू मध्ये एक हो। कलेजोले  खाएको खाना पचाउन मद्दत गर्ने, पोषक तत्त्वहरू अवशोषित गर्ने, आवश्यक हर्मोनहरू निष्कासन गर्ने र फोहोर पदार्थहरू उत्सर्जन गर्ने  कार्यहरू गर्दछ।  

हामीले कलेजोको ख्याल राख्नुपर्छ र कलेजोको कार्यलाई सहयोग गर्ने, स्वस्थ राख्न मद्दत गर्ने र क्षतिबाट जोगाउने खानेकुरा खानुपर्छ। 

क्रुसिफेरस तरकारी, बोसोयुक्त माछा, सुख्खा फलफूल, जामुन र हरियो पातदार सागसब्जी जस्ता चीज कलेजोको लागि फाइदाजनक हुन्छन्। यी खानेकुराले कलेजोको लागि आवश्यक एन्टिअक्सिडेन्ट, फाइबर र स्वस्थ बोसो प्रदान गर्छन्।  

क्रुसिफेरस तरकारी 

ब्रोकाउली, काउली, बन्दा र ब्रसेल्स स्प्राउट्स जस्ता तरकारीहरूलाई क्रुसिफेरस भनिन्छ।  यसमा ग्लुकोसिनोलेट्स प्रशस्त मात्रामा पाइन्छ। जसले कलेजोको विषाक्त पदार्थ हटाउने प्रक्रियालाई सहयोग गर्छ।  

कफी

कफी कलेजोको लागि राम्रो पेय पदार्थ हो। त्यसैले यसलाई आफ्नो कलेजो र समग्र स्वास्थ्यलाई प्रवर्द्धन गर्न पिउन सक्नुहुन्छ।  अध्ययनले कफी पिउनाले कलेजोलाई रोगहरूबाट बचाउने देखाएको छ। तर यसलाई सीमित मात्रामा सेवन गर्नुपर्छ। साथै, चिनी र दूध बिनाको कफी पिउनु पर्छ।

बोसोयुक्त माछा

साल्मन, टुना र सार्डिन जस्ता माछा ओमेगा–३ फ्याटी एसिडका उत्कृष्ट स्रोत हुन्। जसले सूजन कम गर्न र कलेजोको स्वास्थ्य सुधार गर्न सक्छ।  

जामुन

ब्लुबेरी, स्ट्रबेरी, ब्ल्याकबेरी, ब्ल्याकबेरी र रास्पबेरीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ। जसले कलेजोको कोषलाई क्षतिबाट जोगाउन मद्दत गर्छ।  

पालुङ्गो, मेथी, केल र बथुआ जस्ता पातदार तरकारी 

क्लोरोफिलको मात्रा बढी हुन्छ जसले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ। यी तरकारीहरू भिटामिन र खनिज जस्ता धेरै पोषक तत्त्वको स्रोत पनि हुन्। त्यसैले सबैले दैनिक उपभोग गर्नुपर्छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.