स्वास्थ्य केन्द्रलाई आधुनिक उपकरण प्रदान

स्वास्थ्य केन्द्रलाई आधुनिक उपकरण प्रदान

नुवाकोट : नुवाकोटको उत्तरी ग्रामीण भेगमा रहेको स्वास्थ्य केन्द्रलाई आधुनिक उपकरण प्रदान गरिएको छ। तादी गाउँपालिका–१ उर्लेनीस्थित स्वास्थ्य केन्द्रमा विभिन्न स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको हो। 

बिपी कोइराला अध्ययन केन्द्रमार्फत उर्लेनी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सल्ट्रेटर, अक्सोमिटर, औषधि लगायत ८० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केन्द्रका महासचिव जिरन्जन थापाले जानकारी दिए। ती स्वास्थ्य सामग्रीहरू स्वास्थ्य केन्द्रका प्रमुख पाण्डवराज थापालाई हस्तान्तरण गरिएको हो। 

स्वास्थ्य सामग्रीहरू प्राप्त भएपछि गाउँमा रहेका बिरामीहरूलाई उपचार गर्न सहज भएको उर्लेनी स्वास्थ्य केन्द्रले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.