स्कटल्यान्डविरुद्ध टस जितेर नेपालले रोज्यो फिल्डिङ
काठमाडौं : नेपालले आइसीसी विश्वकप क्रिकेट लिग २ को चौथो श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।
हाल स्कटल्यान्ड लिग २ को सिरिजमा १६ खेल खेल्दै ९ जित र ५ हार तथा २ खेलमा अंक बाँड्दै २० अंकसहित चौथो स्थानमा रहेको छ।
नेपालले भने लिग २ को १२ खेल खेल्दा जम्मा २ जित ८ हार र २ खेलमा अंक बाँड्दै ६ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ।
नेपालको प्लेइङ ११ः
रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामीछाने र रिजन ढकाल
प्रतिक्रिया दिनुहोस !