नेपाललाई पहिलो सफलता, रिजनले लिए विकेट
काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग २ को चौथो श्रृंखलाको पहिलो खेलमा नेपालका बाँयाहाते पेसर रिजन ढकालले नेपालका लागि पहिलो विकेट लिएका छन्।
उनले २.२ ओभरमा स्कटल्यान्डका ओपनर ब्याटर जर्ज मुन्सेलाई सोमपाल कामीको हातमा क्याच गराए।
मुन्सेले ८ बलमा २ चौकासहति १२ रन बनाउँदै पेभेलियन फर्किएका हुन्।
स्कटल्यान्ड ३ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएर खेलिरहेको छ।
स्कटल्यान्डका लागि तेस्रो क्रममा ब्रान्डन म्याकमुलान आएका छन्।
प्रतिक्रिया दिनुहोस !