सोमपालले दिलाए दोस्रो सफलता
काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग २ को चौथो श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँगको खेलमा अनुभवी पेसर सोमपाल कामीले नेपालका लागि दोस्रो सफलता दिलाएका छन्।
सोमपालले ब्रान्डन म्याकमुलानलाई वसिर अहमदको हातमा क्याच गराए। दोस्रो विकेटका लागि नेपालले लामो समय पर्खनु पर्यो। २.२ ओभरमा ओपनर जर्ज मुन्सेलाई रिजन ढकालले आउट गराएका थिए।
ब्रान्डनलाई कामीले ११.५ ओभरमा कयच आउट गराएका हुन्।
स्कटल्यान्डले १३ ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएर खेलिरहेको छ। हाल क्रिजमा ओपनर चार्ली टियरले ४२ र कप्तान रिची ब्रिङ्टनले ४ रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !