नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

काठमाडौं : आइसीसी लिग २ अन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ। आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाको दोस्रो खेलमा ४९.१ ओभरमा सबै विकेट गुमाउँदै नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको हो। 

 नेदरल्यान्ड्सका लागि नोह क्रोइजले सर्वाधिक ४८ रन बनाए। त्यस्तै स्कट इडवार्डले ४६, विक्रमजित सिंहले ३८, जाच लायन क्याचेटले २७ र रिलोफ भानले २१ रन बनाएर। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। त्यस्तै करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.