१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध, राष्ट्रलाई हानी पुर्‍याउनेलाई प्रवेश गर्न नदिने ट्रम्पको दाबी

१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध, राष्ट्रलाई हानी पुर्‍याउनेलाई प्रवेश गर्न नदिने ट्रम्पको दाबी
फाइल तस्बिर।

ट्रम्पले बुधबार हार्वर्डमा अध्ययन गर्न वा कार्यक्रमहरूमा भाग लिन चाहने विदेशी नागरिकहरूको प्रवेश निलम्बन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर पनि गरेका छन्।

काठमाडौं : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयगरेका छन् । सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्द र अन्य ७ देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउने ह्वाइट हाउसले जनाएको छ।

अलजजिराका अनुसार ट्रम्पले अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

‘हामीले कुनै पनि देशबाट खुला आप्रवासन गर्न सक्दैनौं जहाँ हामी सुरक्षित र भरपर्दो रूपमा जाँच र स्क्रिनिङ गर्न सक्दैनौं...।’ भिडियो सन्देशमार्फत ट्रपले भने, ‘त्यसैले आज म यमन, सोमालिया, हैटी, लिबिया र अन्य धेरै देशहरूमा यात्रा प्रतिबन्ध लगाउने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु।’

यसैगरी सोमबारदेखि लागू हुने प्रतिबन्धको अतिरिक्त, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका मानिसहरूमाथि कडा प्रतिबन्ध लगाइने बताइएको छ।

देशलाई हानि पुर्‍याउने मानिसहरूलाई अमेरिकामा प्रवेश गर्न नदिने उनको भनाई छ। ‘संयुक्त राज्य अमेरिका र यसका जनताको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न काम गर्नुपर्छ।’ उनले भने, ‘हामीलाई हानि पुर्‍याउन चाहने मानिसहरूलाई हाम्रो देशमा प्रवेश गर्न दिने छैनौं।’

ट्रम्पले कोलोराडोको बोल्डरमा इजरायल समर्थक र्‍यालीमा भएको आक्रमणतर्फ लक्षित गर्दै राम्रोसँग सुरक्षा जाँच नगरि विदेशी नागरिक प्रवेशले चरम खतरा निम्तिएको बताए। राष्ट्रिय सुरक्षाको आधारमा यात्रा प्रतिबन्ध लगाइएको बताउँदै उनले मुस्लिम विरोधी नभएको दाबी गरे।

ट्रम्पले बुधबार हार्वर्डमा अध्ययन गर्न वा कार्यक्रमहरूमा भाग लिन चाहने विदेशी नागरिकहरूको प्रवेश निलम्बन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर पनि गरे। हार्वर्डले अमेरिकी प्रशासनलाई स्कूलको शासन, पाठ्यक्रम र यसका संकाय र विद्यार्थीहरूको विचारधारा नियन्त्रण गर्ने ट्रम्पको मागलाई स्वीकार गर्न अस्वीकार गरेकोमा बदला लिइरहेको आरोप लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.