अख्तियारको मुद्दाले म स्तब्ध भएँ : माधव नेपाल

अख्तियारको मुद्दाले म स्तब्ध भएँ : माधव नेपाल
सिमरा विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल। तस्बिर : दिवाकर भण्डारी

सिमरा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दाको घटनाले स्तब्ध भएको बताएका छन्।
 
सिमराबाट काठमाडौं फर्कने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै नेता नेपालले आफूलाई स्तब्ध बनाएको बताए। ‘म स्तब्ध भएँ, मैले कल्पना पनि गरेको थिइन,’ नेता नेपालले भने, ‘मैले कुनै पनि अनुचित रकम लिएको छैन। भष्ट्राचारजन्य काम पनि गरेको छैन।’

नेता नेपालले आफूले कुनै मन्त्रीलाई त्यस्तो काम गर्न निर्देशन पनि नदिएको दाबी गरे। उक्त मुद्दामा आफूलाई जोड्न खोज्नु पूर्वाग्रहबाहेक अरु केही नभएको नेता नेपालको भनाइ थियो।
 
संचारकर्मीसँग अत्यन्तै छोटो प्रतिक्रिया दिएका नेता नेपाल काठमाडौं फर्किएका छन्। उनी बिहान काठमाडौंबाट सिमरा हुँदै रौतहट गएका थिए। रौतहट पुगेको केही समयमै नेता नेपालविरुद्ध मुद्दा दायर भएको खबर आएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.