मैथिली विकास कोषको भवन उद्घाटन

मैथिली विकास कोषको भवन उद्घाटन

जनकपुरधाम : मधेश प्रदेश सरकारको सात करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको जनकपुरधामस्थित मैथिली विकास कोषको भवनको विधिवत् उद्घाटन भएको छ। 

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भवन उद्घाटन गरेका हुन्। मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको यस भवनमा मिथिलाको कला र संस्कृति झल्काउने कलाकृतिहरूले सजाइएको छ। 

‘जस्तो भवन राम्रो छ त्यस्तै मैथिली विकासको लागि यहाँ काम पनि हुन्छ भन्ने विश्वास लिएको छु मैले। यो राजा जनकको राजधानी, जानकी माता जन्मेको ठाउँ अत्यन्तै ऐतिहासिक धार्मिक र अत्यन्तै महत्वपूर्ण ठाउँ हो जनकपुर यो प्रदेशलाई मधेश प्रदेशभन्दा जानकी प्रदेश नामकरण गरिएको भए हुन्थ्यो कि,’ कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘यो बहुसांस्कृतिक भवन मात्रै भौतिक पूर्वाधार नभई लोक परम्पराको संरक्षण स्थल पनि हो। यहाँ हुने साहित्य गोष्ठी, सांस्कृतिक अभ्यास र लोकसंस्कृतिका अनुसन्धानहरूले देशलाई थप समावेश बनाउने दिशामा भूमिका निर्वाह गर्ने छ।’

यस भवनलाई मैथिली भाषा, कला संस्कृतिको विकास सम्वर्द्धन तथा आर्थिक उपार्जनका लागि प्रयोग गरिने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी बताउँछन्। जनकपुरधाम ८ मा निर्मित कोषको भवनबाट मिथिला चित्रकला, हस्तकला र मूर्तिकलालाई विशेष रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कोषको भवनमा यी कलाहरूको प्रशिक्षण, प्रदर्शन र बिक्री वितरणको समेत बन्दोबस्त मिलाइने भएको छ। 

भवनमा चार सय जना एकै पटक बस्न मिल्ने सुविधा सम्पन्न राजर्षि जनक बैठक कक्ष बनाइएको छ भने अन्य कक्षहरुलाई पनि मिथिलाका विभूतिहरुको नाम दिइएको छ। जसमा मैथिली भवन, विद्यापति कक्ष (अध्ययन तथा अनुसन्धान केन्द्र), जानकी कक्ष (संग्रहालय), डा. धीरेन्द्र कक्ष (प्रशिक्षण तथा वृत्तिविकास), सलहेस कक्ष (आर्ट गैलरी), राजर्षिजनक सभाकक्ष, दिनाभद्री कक्ष, शास्त्री कक्ष (सञ्चार तथा प्रविधि), याज्ञवल्क्य कक्ष, मिथिला शहिद कक्ष लगायतका १५ वटा कक्षहरु रहेका छन्। मिथिलामा लोप हुदैं गइरहेका पारम्परिक वस्तुहरू जस्तै काठको सन्दुक (बाकस), धान कुट्ने ढेकी, उखर समाठ, धान राख्ने कोठी, भखारी, माटोको चुल्हो लगायतका सामग्रीहरूलाई समेत कोषको भवनमा अवलोकनका लागि राखिएको छ।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.