अमेरिकाको विमानस्थलमा हतकडी लगाएर राखिएका भारतीय नागरिकको घटना के हो ?

अमेरिकाको विमानस्थलमा हतकडी लगाएर राखिएका भारतीय नागरिकको घटना के हो ?

एजेन्सी : अमेरिकाको नेवार्क विमानस्थलमा एक भारतीय पुरूषलाई हतकडी  लगाएर भुइँमा लडाएको भीडीयो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भीडीयो सामाजिक सञ्जालमा छाएपछि भारतको विदेश मन्त्रालयले त्यसप्रति चासो देखाएको छ। न्यूयोर्कस्थित वाणिज्य दूवातासका अधिकारीहरू अमेरिकी अधिकारीहरूसँग घटनाबारे जानकारी लिइरहेका छन्। हतकडी लगाएका ती युवा छटपटाउँदै भुँइमा लडेको भीडीयोमा देखिन्छ।

विदेश मन्त्रालय स्रोतले यस विषयमा दूतावासका अधिकारीहरूले जानकारी संकलन गरिरहेको जनाएको छ। भारतको हरियाणाका ती व्यक्ति अवैधरुपमा अमेरिका प्रवेश गरेको खुल्न आएको बीबीसीमा समाचार छ। स्रोतका अनुसार ती व्यक्तिलाई अदालतको आदेशमा अमेरिकाबाट देश निकाला गरिदै थियो।

निर्वासनका क्रममा न्यूयोर्कको नेवार्क विमानस्थलमा ती व्यक्तिले अनौठो व्यवहार देखाएपछि उनलाई रोकेर मेडिकल सेन्टरमा लगिएको थियो। निको हुने वित्तिकै उनलाई भारत पठाइने अमेरिकी अधिकारीहरूले बताएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बसोबासका लागि वैधानिक कागजपत्र नभएका 'अप्रमाणित' आप्रवासीलाई तिनका देश फिर्ता गर्नेगरी कार्यकारी आदेश जारी गरेपछि निकालामा पर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ।

ट्रम्प प्रशासनको उक्त निर्णयविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन्। प्रदर्शनले हिंसात्मक रुप लिएपछि लस एन्जलसमा कर्फ्यू लगाइएको छ। 

लस एन्जलसमा आप्रवासीमाथिको धरपकडविरुद्ध भएको प्रदर्शन नियन्त्रण लिन राष्ट्रपति ट्रम्पले ४ हजार बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरेको छ। आप्रवासीमाथिको धरपकडविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रदर्शन सुरू भएको छ।

क्यालिफोर्नियाका गभर्नर गेभिन नुजुमले राष्ट्रपति ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। राष्ट्रपति ट्रम्पले १०औं संशोधनअन्तर्गत राज्य सरकारको अधिकारमा ‘अतिक्रमण’ गरेको आरोप लगाएको छ। 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.