सन् २०२४ मा ४ करोड बढी उडान, ७ ठूला दुर्घटना

सन् २०२४ मा ४ करोड बढी उडान, ७ ठूला दुर्घटना

विश्वमा सन् २०२४ मा ४०.६ मिलियन (४ करोड ६ लाख) उडान भए। त्यसमा सातवटा ठूला हवाई दुर्घटना भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा)ले जनाएको छ। आइएटाका अनुसार सन् २०२३ मा एउटामात्रै ठूलो दुर्घटना भएको थियो। सन् २०२४ मा मात्रै ७ दुर्घटना भए, त्यसमा २ सय ४४ जनाको मृत्यु भएको थियो। जबकि २०२३ मा ७२ जनाको ज्यान गएको रिपोर्ट सार्वजनिक गरिएको थियो। विगत पाँच वर्षको समयमा विमान दुर्घटनाबाट बर्सेनि औसत १ सय ४४ जनाको मृत्यु भएको आइटाको तथ्यांक छ।  

सन् २०२४ मा ठूला हवाई दुर्घटनाको संख्या बढी छ। तर, उडान संख्या वृद्धिअनुसार भने दुर्घटना घट्दो क्रममा रहेको आइएटाका निर्देशक विल्ली वाल्सले बताएका छन्। ‘एक दशकअघि अर्थात् (२०११–२०१५) मा प्रत्येक ४ लाख ५६ हजार उडानमा एउटा दुर्घटना भएको थियो,’ वाल्सले भनेका छन्, ‘सन् २०२० देखि २०२४ मा प्रत्येक ८ लाख १० हजार उडानमा एउटा दुर्घटना भयो। यसले हवाई दुर्घटनामा सुधार भएको देखाउँछ।’ 

सन् २०१५ यता, विश्वमा भएका केही ठूला दुर्घटना : 

  • १. जर्मनविङ्स फ्लाइट ९५२५ दुर्घटना
  • सन् २०१५ मा फ्रान्सको फ्रेन्च आल्प्समा जर्मनविङ्स फ्लाइट ९५२५ दुर्घटनाग्रस्त भएको थियो। सन् २०१५ को मार्च २४ गते भएको उक्त दुर्घटनामा १ सय ५० यात्रुको मृत्यु भएको थियो। सह–पाइलटले विमानलाई पहाडमा लगेर ठोक्काउँदा उक्त जहाज दुर्घटना भएको थियो। 
  • २. इजिप्ट एयरलाइन्स फ्लाइट एमएस ८०४ 

इजिप्ट एयरको उडान ८०४ पेरिस चाल्र्स डे गौल एयरपोर्टबाट काइरो अन्तर्राष्ट्रिय एयरपोर्टतर्फको नियमित उडानको क्रममा दुर्घटना भएको थियो। सन् २०१६ को मे १९ मा स्थानीय समयअनुसार ०२ : ३३ बजे एअरबस ए३२० भूमध्य समुद्रमा खसेको थियो। दुर्घटनामा ६६ जनाको मृत्यु भएको थियो।

  • ३. लायन एयर फ्लाइट ६१० (२०१८)

इन्डोनेसियमा आन्तरिक उडान गर्ने लायन एयर उडान ६१० सोकेको–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल, तांग्रेराङबाट डिपाती अमिर विमानस्थल, पांकल पिनांकका लागि उडेको थियो। २९ अक्टोबर २०१८ मा १ सय ८१ यात्री र ८ क्रू सदस्यलाई लिएर उडेको विमान जावा समुद्रमा दुर्घटनाग्रस्त भयो। जहाजमा रहेका सबै १ सय ८९ यात्रुको मृत्यु भएको थियो। 

  • ४. इथियोपियन एयरलाइन्स उडान ३०२ 

इथियोपियाली एयरलाइन्सको उडान ३०२ बोले अन्तर्राष्ट्रिय विमानस्थल, आदिस अबाबा, इथियोपियाबाट जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल, नाइरोबी, केन्याका लागि उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। १० मार्च २०१९ मा, उडान सञ्चालन गरेको बोइङ ७३७ म्याक्स ८ बिसोफ्टु सहरको नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरू सबैको मृत्यु भएको थियो। 

  • ५. युक्रेन इन्टरनेसनल एयरलाइन्स पीएस ७५२ 

युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान ७५२ (पीएस ७५२÷एयूआई ७५२) विमान इरानमा दुर्घटना भएको थियो। तेहरानबाट किभको लागि अन्तर्राष्ट्रिय यात्री लिएर उडेको बोइंग ७३७–८०० उडान इस्लामिक क्रान्तिकारी गार्ड कोप्र्स (आईआरजीसी) ले गोली हानी खसालेको थियो। ८ जनवरी २०२० मा भएको यो दुर्घटनामा विमानमा रहेका सबै १ सय ७६ जना यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको थियो।

  • ६. चाइना इस्टर्न एयरलाइन्स एमयू ५७३५ 

चाइना इस्टर्न एयरलाइन्स फ्लाइट ५७३५ आन्तरिकको क्रममा दुर्घटनामा परेको थियो। जुन च्याङ्सुई अन्तर्राष्ट्रिय विमानस्थल, कुनमिङबाट बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल, ग्वाङ्जोउका लागि उडिरहेको विमान जमिनमा बज्रिएको थियो। २१ मार्च २०२२ मा  ग्वाङ्क्सीमा भएको उक्त दुर्घटनमा १ सय ३० यात्रु र क्रूका सबैको ज्यान गएको थियो। यो चाइना साउदर्न एयरलाइन्सको फ्लाइट ३९४३ (सन् १९९२) र चाइना नर्थवेस्ट एयरलाइन्सको फ्लाइट २३०३ (सन् १९९४) पछि भएको तेस्रो सबैभन्दा ठूलो हवार्ई दुर्घटना हो।

  • ७. नेपालको यती एयरलाइन्स दुर्घटना 

नेपालमा आन्तरिक उडान भर्दै आएको यती एयरलाइन्सको उडान ६९१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै दुर्घटना भएको थियो। १५ जनवरी २०२३ मा एटीआर ७२ दुर्घटना हुँदा ६८ यात्रु र ४ चालक दलका सदस्यहरू सबैको मृत्यु भएको थियो।null

२०२४ का प्रमुख अन्तर्राष्ट्रिय विमान दुर्घटना  : 
१. जेजु एयर उडान २२१६ — दक्षिण कोरिया
मिति  :  २९ डिसेम्बर २०२४
स्थल  :  मुआन अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिण कोरिया
दुर्घटना  :  बोइङ ७३७‑८०० को ‘बेली ल्यान्डिङ’ गर्दा रनवेबाट बाहिर स्किड भयो र रनवे–अन्त्यको कंक्रिट संरचनामा ठोक्कियो र आगो लागेको थियो। 
मृत्यु  :  १ सय ८१ मध्ये १ सय ७९ को मृत्यु, २ को उद्धार 
२. अजरबैजान एयरलाइन्स उडान जे२‑८२४३ — काजाकस्तान
मिति  :  २५ डिसेम्बर २०२४
स्थान  :  अक्टाउ, काजाकस्तान
दुर्घटना  :  बाकुबाट ग्रोज्ने जाने क्रममा इम्ब्रेएर १९० एआर  विमान अवतरणको क्रममा दुर्घटना भएको थियो। 
मृत्यु  :  ३८ को मृत्यु, २९ को उद्धार
३. मलावी उपराष्ट्रपति विमान दुर्घटना — मलावी
मिति  :  १० जुन, २०२४
स्थान  :  चिकानगावा, मलावी
दुर्घटना  :  उपराष्ट्रपति साउलस चुका र अन्य ९ जना सवार डोरनियर २२८ विमान दुर्घटनामा परेर सबैको मृत्यु भएको।
४. सौर्य एयरलाइन्स सीआरजे २०० दुर्घटना — नेपाल
मिति  :  २४ जुलाई, २०२४
स्थान  :  त्रिभुवन–पोखरा रुट, काठमाडौं
दुर्घटना  :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको केही समयमै विमान खसेको, पाइलटबाहेक १८ जनाको मृत्यु। 
५. वोएपास फ्लाइट २२८३ — ब्राजिल
मिति  :  ९ अगस्ट, २०२४
स्थान  :  भिन्हेडो, साओ पाउलो राज्य
दुर्घटना  :  एटीआर ७२‑५०० विमान दुर्घटनामा ६२ को मृत्यु 
नोट  :  एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.