मेची पुलबाट तस्करी भएको साढे १२ क्विन्टल चिनी बरामद

मेची पुलबाट तस्करी भएको साढे १२ क्विन्टल चिनी बरामद

झापा : भद्रपुरस्थित मेची पुल हुँदै भन्सार कार्यालय अगाडिबाटै राजस्व छलेर सामान भित्रने गरेका छन्। बिर्तामोडमा ठूलो परिमाणको भारतीय चिनीसहित एउटा पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएपछि पछिल्लो समयमा भद्रपुर नाकाबाट तस्करी मौलाएको यसै घटनाले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार दिउँसो ३:४० बजे बिर्तामोड नगरपालिका–५ सुब्बा चौकमा मे १ च ६२८४ नम्बरको पिकअपमा भन्सार छली लुकाइछिपाई सामान ल्याइएको भनी रोकेर चेकजाँच गरेका थिए। भद्रपुरबाट गएको सो पिकअपलाई चेकजाँच गर्दा भारतीय ब्रान्डका ५० केजीको दरले २५ बोरा चिनी प्रहरीले बरामद गरेको थियो।

बिर्तामोडका पसलहरू दैनिक उपभोग्य सरसामान बिक्री गर्दै हिँडेको पिकअपमा चिनीको बोराहरूलाई भुजा, चिप्स बल, अन्डाहरूले छापेर राखेका थिए। प्रहरीले चालक कन्काई नगरपालिका–८ का ३२ वर्षीय नारायण सिटौलालाई नियन्त्रणमा पनि लिएको छ।

अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको चिनी र १२ लाख मूल्य बराबरको पिकअपको मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

यता मेची पुलबाट चिनी, खैनी, बिडी, रजनीगन्धा, दैनिक उपभोग गरिने खाद्यान्नलगायतको सरसामान दिनहुँ साइकलका साइकल भित्रिरहेको छ। मेची पुलदेखि भन्सार गेटसम्म सशस्त्र र नेपाल प्रहरी तैनाथ हुँदासमेत चिनी मात्र दिनको दुई सयदेखि तीन सय बोरासम्म भित्रिरहेको एक कारोबारीले बताएका छन्। 

भारतबाट ल्याउने यी सरसामानहरू थोरै परिमाणको भन्सार तिरी धेरै परिमाणमा लैजान्छन्। त्यति मात्र नभएर प्रहरीकै सेटिङमा कारोबारीहरूले मौका छापेर लत्ताकपडा, इलोक्टोनिक्स, जुत्ता चप्पल, बिउबिजक, मेसिनरी औजारहरूसमेत भन्सार नतिरी सोधै लैजाने गरेको ती कारोबारीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.