नीलकण्ठमा सीप तथा रोजगार मेला

नीलकण्ठमा सीप तथा रोजगार मेला

धादिङ : नेपालमा उच्च शिक्षा अध्ययनपछि पनि युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । सैद्धान्तिक शिक्षा लिए पनि व्यावहारिक सीपको अभावमा विदेशमा उनीहरूले न्यून पारि श्रमिकमा कडा परि श्रम गर्न बाध्य छन् । यही वास्तविकतालाई मनन् गर्दै धादिङको नीलकण्ठ नगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेको छ । युवाहरूलाई सीप सिकाउने र स्वदेशमै रोजगार उपलब्ध गराउने मेलाको मुख्य उद्देश्य हो ।

कसैलाई ढाका बुन्न भ्याइनभ्याइ छ । कोही कम्प्युटर सिक्न त, कोही गलैंचा बुन्न ब्यस्त छन् । कुनै तालिम केन्द्रको जस्तो यो दृश्य हो, धादिङको नीलकण्ठ नगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको । नगर उपप्रमुखसँग युवा कार्यक्रमअन्र्तगत शनिबार मेलाको शुभारम्भ गरिएको छ । 

रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशीलताको हब बनाउने बताए । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । 

विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’, उनले भने, ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउनेभन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो । हामी सीप र श्रमको सम्मान गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नेछौं । यो मेलाले ठूलो सहयोग पुग्नेछ ।’

मेलामा युवाहरूलाई थरीथरीका सीप प्रदान गर्न दक्ष प्रशिक्षक पनि राखिएको छ । २५ बढी स्टल रहेको मेलामा अचार बनाउने, ढाका बुनाई, ढल बनाउने, मादल तथा ढोलक बजाउने, खाद्य परिकार बनाउने, दुना टपरी बनाउने, दुग्धपदार्थसम्बन्धी सीप, कफी बनाउनेलगायतका सीप सिकाइने छ । दक्ष युवालाई सके आफैँ उद्यमी बन्न प्रेरित गरिने, नभए रोजगारदातासँग समन्वय गरी रोजगार उपलब्ध गराउन पहल गरिने आयोजकको भनाइ छ । युवाहरूलाई नवप्रवर्तन र उद्यमी गराउने मुख्य उद्देश्य भएको नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको भनाइ छ ।

मेलामा आएका युवाहरूलाई सरोकारवाला संघसंस्थासँग समन्वय गरी थप सीप सिकाउन पहल गर्ने मेलाको मुख्य उद्देश्य हो । पालिकाभित्र रहेका दक्ष जनशक्तिको पहिचान गर्ने र सीप सिक्न चाहनेहरूको लगत संकलन गरी सीप सिक्न प्रेरित गर्न मेलाको आयोजना गरिएको पालिकाको भनाइ छ । मेलाबाट आफूहरू लाभान्वित हुने र दक्ष भएर स्वदेशमै केही काम गरेर जीविकोपार्जन गर्न सकिने विश्वास मेलामा सहभागी युवा आकृति 
थापाले बताइन् ।

रोजगारदाता र युवाहरूका बीचमा पुलको काम गर्न र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने युवा कञ्चन भट्टको विश्वास छ । नगरपालिकाले गत वर्षदेखि सुरु गरेको सीप मेलाको यो दोस्रो संस्करण हो । गत वर्ष ६ सय ५० जनाले सीप सिकेर अहिले आफूले सिकेका सीपले जीविकोपार्जन गरिरहेका छन् । गत वर्ष सफल भएको निष्कर्षसहित यो वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.