इरानमा फसेका भारतीय विद्यार्थीहरू के भन्छन् ?

इरानमा फसेका भारतीय विद्यार्थीहरू के भन्छन् ?
भारतको श्रीनगरमा भेला भएका इरानमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरू । तस्बिर :बीबीसीबाट

एजेन्सी : इरान र इजरायलबीच जारी द्वन्द्वका कारण करिब ४ हजार भारतीय विद्यार्थीहरू इरानमा फसेका छन्।  हवाई मार्ग बन्द भएका कारण उनीहरूलाई भारत फर्कन अहिले कठिन भएको छ। भारतमा रहेका विद्यार्थीहरूका परिवार उनीहरूको  सुरक्षाको बारेमा चिन्तित छन्। अधिकांश विद्यार्थीहरू जम्मू कश्मीरका रहेको बताइएको छ। उनीहरूका परिवारले आइतबार आफ्ना छोराछोरीको सुरक्षाको माग गर्दै श्रीनगरमा विरोध प्रदर्शन गरेका थिए। 

इरानमा रहेका भारतीय विद्यार्थीहरूको बारेमा विदेश मन्त्रालयले भनेको छ,'तेहरानस्थित भारती दूतावासले पछिल्लो विकसित घटनाक्रमलाई नजिकबाट नियाली रहेको छ।  सरकार भारतीय विद्यार्थीहरूको सुरक्षाको बारेमा चिन्तित छ। केही विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।'

भारत सरकारले आफ्ना सबै नागरिकहरूलाई तेहरान छोडेर सुरक्षित स्थानमा अपील गरेको छ। भारतीय नागरिकहरूलाई सहयोग गर्न विदेश मन्त्रालयले मंगलबार  सहायता केन्द्र पनि सुरू गरेको छ। सरकारले केही विद्यार्थीहरूलाई आर्मेनिया पनि पठाएको छ। भारतीय अधिकारीहरूले भने भारत फर्कने विद्यार्थीहरूको बारेमा कुनै स्पष्ट जानकारी दिएका छैनन्। किनकि हालको अवस्थामा हवाई मार्ग बन्द छ र इरान छोड्न तेस्रो देशको सहयोग लिनुपर्ने अवस्था छ।

इरानमा फसेका विद्यार्थीहरूले आफ्नो सुरक्षाका बारेमा चिन्तित रहेको बताएका छन्।  दूतावासको सहयोगमा आफूहरूलाई सुरक्षित स्थानमा पु्र्‍याए प सुरक्षाको बारेमा सबै चिन्तित रहेको उनीहरूले बीबीसीलाई बताएका छन्।  इरानको युनिभर्सिटी अफ मेडिकल साइन्सेसनमा एमबीबीएस पढ्दै गरेकी भारतीय विद्यार्थी रौनक अशरफले सोमबारदेखि एक होटलमा बसिरहेको र त्यहाँ १ हजार विद्यार्थीहरू रहेको बताइन्। तीमध्ये १९० जना उनी पढ्ने युनिभर्सिटी विद्यार्थी हुन्। उनी तीन महिनाअघि मात्रै इरान गएकी थिइन्।

भारतको सरकारी तथ्यांकअनुसार सन् २०२२ सम्ममा लगभग १५ सय भारतीय विद्यार्थीहरू इरानमा चिकित्साशास्त्र अध्ययन गरिरहेका थिए। चिकित्साबाहेक त्यहाँ धार्मिक शिक्षाको लागि जाने  विद्यार्थीहरू पनि छन्।  विद्यार्थीका अनुसार  इरानमा चिकित्सा शिक्षा सस्तो हुने हुँदा भारतीय विद्यार्थीको पहिलो रोजाइ इरान पर्ने गरेको हो। छ वर्षको एमबीबीएसको कूल शुल्क लगभग १५ देखि ३० लाख रुपैयाँ लाग्छ भने बंगलादेशमा यो शुल्क दोब्बर अर्थात् लगभग ६० लाख रुपैयाँ छ।

भारतीय विद्यार्थीहरू इरानको तेहरान,कोम र शिराज जस्ता शहरहरूमा अध्ययन गर्छन्। यसबाहेक शिया समुदायका बालबालिकाहरूले कोम र मशहदमा धार्मिक शिक्षा प्राप्त गर्छन्। इराकको नजफ पछि, कोमलाई शिया धार्मिक शिक्षाको प्रमुख केन्द्र मानिन्छ।

इजरायल र इरानबीच द्वन्द्व चर्किदै गएपछि त्यहाँ रहेका विभिन्न विदेशी दूतावासहरूले तेहरान छोड्न आफ्ना नागरिकहरूलाई अपिल गरेका  छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.