अमेरिका-इरान ऐतिहासिक सम्झौता : ३०० अर्ब डलरको लगानी कोष घोषणा

अमेरिका-इरान ऐतिहासिक सम्झौता : ३०० अर्ब डलरको लगानी कोष घोषणा
सुन्नुहोस्

काठमाडौं : अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न र इरानमा ठुलो वैदेशिक लगानी भित्र्याउन ऐतिहासिक सहमती भएको छ । दुई देशबीच तय भएको प्रारम्भिक मार्गचित्र (फ्रेमवर्क) सम्झौताअनुसार इरानको आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलर (करिब ४० हजार अर्ब नेपाली रुपैयाँ) को निजी लगानी कोष स्थापना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी शुक्रबार दुवै देशले यस सम्झौतामा औपचारिक हस्ताक्षर गर्ने तयारी गरिरहेका छन् । सम्झौता घोषणा हुनुअघि नै विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूबाट १५० अर्ब डलरभन्दा बढीको लगानी प्रतिबद्धता जुटिसकेको स्रोतले दाबी गरेको छ ।

गत फेब्रुअरी २८ मा अमेरिकी र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्न दुवै देश सहमत भएका हुन् । सम्झौतापछि इरानमाथिको अमेरिकी नाकाबन्दी हट्नेछ र विश्वकै प्रमुख तेल आपूर्ति मार्ग 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा आउनेछ ।

  • पाँचवटा क्षेत्रहरूबाट १५० अर्ब डलरभन्दा बढीको प्रतिबद्धता आइसकेको छ।
  • यस लगानी कोषमा कुनै पनि सरकारी रकम समावेश छैन।
  • यो नयाँ कोष रोक्का गरिएका सम्पत्तिसम्बन्धी वार्ताहरू भन्दा फरक रहेको ।  
  • अमेरिका-इरानबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएपछि मात्र यो कोष सञ्चालनमा आउने ।  

यो कुनै सरकारी अनुदान वा युद्धको क्षतिपूर्ति नभई पूर्ण रूपमा निजी क्षेत्रको लगानी रहने 'पुनर्निर्माण तथा विकास कोष' हो । यसमा अमेरिका, खाडी मुलुक, एसिया, दक्षिण अमेरिका र अफ्रिकाका निजी कम्पनीहरूले ऊर्जा, यातायात र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेछन् ।

ह्वाइट हाउसका अनुसार इरानले यो कोषको रकम उपयोग गर्नका लागि आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा विघटन गर्नुपर्नेछ, संवर्धित सामग्रीको भण्डार नष्ट गर्नुपर्नेछ र कडा अन्तर्राष्ट्रिय निरीक्षण प्रणाली स्वीकार गर्नुपर्नेछ ।

 विगत चार दशकदेखि प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय पूँजी बजारबाट अलग रहेको इरानलाई सहमतिमा ल्याउन र यो कोष स्थापना गर्न पाकिस्तानले मध्यस्थकर्ताको मुख्य भूमिका खेलेको छ ।

आगामी शुक्रबार हस्ताक्षर भएपछि ६० दिनको समयसीमाभित्र परियोजनाहरूको खाका तयार पारिनेछ । इरानले सर्तहरू पालना गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेपछि मात्र यो विशाल कोष पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.