अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु
सुन्नुहोस्

अमेरिका : दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स एयर फोर्स बेसबाट उड्ने बित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा बोइङ कम्पनीका दुई कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ ।

यो दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा भएको हो । विमान दुर्घटनापछि ठूलो मात्रामा कालो धुवाँको मुस्लो आकाशमा फैलिएको थियो, जुन धेरै टाढासम्म देखिएको थियो । कर्नेल जेम्स हेय्सले घटनालाई ‘भयानक त्रासदी’ भन्दै यसमा सेना, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारहरू गरी ‘आठ महान अमेरिकी’ गुमाएको बताए ।

यसअघि बेस प्रशासनले प्रारम्भिक संकेतहरूका आधारमा दुर्घटनाबाट कोही पनि जीवित बच्न नसक्ने जनाएको थियो ।  मृतकका परिवारजनलाई जानकारी दिने प्रक्रिया जारी रहेको र त्यसको २४ घण्टापछि उनीहरूको नाम सार्वजनिक गरिने कर्नेल हेय्सले जानकारी दिए । उनका अनुसार दुर्घटना एयर बेसभित्रकै रनवे क्षेत्रमा भएको थियो र विमान उड्ने बित्तिकै दुर्घटनाग्रस्त भएर आगो लागेको थियो । बी–५२ विमानले बेसको रडार आधुनिकीकरण कार्यक्रममा सहयोग गरिरहेको थियो । प्रारम्भिक भिडियो फुटेजको अध्ययनपछि दुर्घटनालाई ‘उद्धार सम्भव नभएको र कसैको पनि ज्यान बच्न नसक्ने’ प्रकारको मानिएको हेय्सले बताए ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धान पूरा हुन करिब ३० दिन लाग्न सक्ने र विस्तृत कारण विश्लेषणका लागि छ महिनाभन्दा बढी समय लाग्न सक्ने जनाइएको छ ।  बोइङ कम्पनीले पनि आफ्ना दुई कर्मचारी विमानमा सवार रहेको पुष्टि गर्दै उनीहरूका परिवारसँग सम्पर्कमा रहेको जनाएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घटनालाई ‘दुःखद’ भन्दै मृतकका परिवार तथा एडवाड्र्स एयर फोर्स बेस समुदायप्रति समवेदना व्यक्त गरेका छन् । हवाई दृश्यहरूमा दुर्घटनास्थल वरिपरि जलेको र अझै धुवाँ निस्किरहेको क्षेत्र देखिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.