इरानमाथि आक्रमण गर्ने योजनालाई अमेरिकी राष्ट्रपति ट्रम्पले अनुमोदन गरेका हुन् ?
वासिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको बताइएको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएसको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले मंगलबार राति इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका हुन्।
तर,ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय भने लिइ नसकेको बताइएको छ। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत भएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्छन्।
यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो। बुधबार इरानमा अमेरिकी हस्तक्षेपको बारेमा सोध्दा ट्रम्पले 'म त्यो गर्न सक्छु,म त्यो नगर्न पनि सक्छु' भन्ने जवाफ दिएका थिए।
जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको गर्यो। इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गर्यो। त्यसबेलादेखि दुई देशबीचको द्वन्द्व जारी छ।
गैर–नाफामुखी संस्था एचआरएएनएले दुई देशबीच आक्रमण सुरू भएदेखि हालसम्म इरानमा ४५२ जनाको मृत्यु भएको छ भने ६४६ जना घाइते भएका छन्। यसैबीच इजरायली अधिकारीका अनुसार शुक्रबारदेखि इजरायलमा २४ जनाको मृत्यु भएको छ भने ८०० भन्दा बढी घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस !