इरानका सर्वोच्च नेता खामेनीले गरे जनतासँग यस्तो अपिल
काठमाडौं : इजरायलविरुद्धको जारी युद्धमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानी जनतालाई सम्बोधन गर्दै एक्समा एक पोस्ट गरेका छन्। अयातोल्लाह अली खामेनीले लेखे, ‘यदि तपाईं शत्रुसँग डराउनुहुन्छ भने उनीहरूले तपाईंलाई छोड्ने छैनन्।’
उनले आजसम्म प्रदर्शन गरेको शक्तिलाई निरन्तरता दिन आफ्ना जनतासँग अपिल गरेका छन्।
इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले बीबीसीसँग कुरा गर्दै इरान अमेरिकासँगको आणविक वार्तामा सम्झौताको संघारमा रहेको बताए।
सम्झौता हुनुभन्दा अगाडि इजरायलको सम्पूर्ण प्रक्रियालाई विफल पार्न आफ्नो आक्रमण सुरु गरेको उनले बताए।
इरानले गत आइतबार अमेरिकासँगको वार्ता रद्द गरेर इजरायली आक्रमणको जवाफ दिनुपर्ने बताएको थियो।
प्रतिक्रिया दिनुहोस !