नौबिसे–मलेखु सडकखण्ड ५ घण्टा बन्द हुने
धादिङ : पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड भोलिदेखि असार ९ गतेसम्म रातको समयमा बन्द हुने भएको छ। राति १०ः३० देखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको हो।
नौबिसे–मलेखु सडकखण्डस्थित धादिङको गजुरी गाउँपालिकाअन्तर्गत गलौदी खोलामा आरसीसी बिम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ देखि ९ गतेसम्म २ दिन रातको समयमा सवारीसाधन आंशिक बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव प्रसाद ओझाले बताए।
प्रतिक्रिया दिनुहोस !
३