भारत–इङ्ल्यान्ड टेस्ट शृङ्खला : भारतीय इनिङ ४७१ रनमा समेटियो
काठमाडौं : भारत र इङ्ग्ल्याण्डबीच लिड्समा खेलिएको पहिलो टेस्ट म्याचको दोस्रो दिन भारतीय इनिङ्स ४७१ रनमा समेटिएको छ। भारतका लागि यशस्वी जैसवाल, शुभमन गिल र ऋषभ पन्तले शतक बनाए।
शनिबार दोस्रो सत्रपछि भारतको विकेट द्रुत गतिमा पतन भयो र ४१ रनभित्र सात विकेट गयो।शुभमन गिलको विकेट पतन हुँदा भारतको स्कोर ४३० रन थियो।
उनी आउट भएपछि भारतीय ब्याट्सम्यानहरूको विकेट लगातार झर्न थाल्यो।करुण नायर र जसप्रीत बुमराह शून्य रनमा आउट भए।
रविन्द्र जडेजाले ११ रन बनाए। शार्दुल ठाकुर र प्रसिद्ध कृष्णले एक–एक रन जोडे भने मोहम्मद सिराज तीन रन बनाएर आउट भए।
प्रतिक्रिया दिनुहोस !