प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित

प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित

काठमाडौं : एसियन यु–१६ इस्ट जोन कपको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध जित हात पार्दै विजयी सुरुवात गरेको छ। 

नेपालले सिंगापुरमाथि ६ विकेटको जित हात पारेको हो। 

टस जितेर सुरुमा ब्याटिङ गरेको सिंगापुरले १३८ रन बनाएको थियो। १३९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनर ब्याटर प्रसिद्ध जैशीले सर्वाधिक ५५ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ९७ बलमा ५ चौका प्रहार गरे। रौनक श्रीवास्तवले ४० रन बनाउँदा शुभम खनाल ९ रनमा अविजित रहे। 

सिंगापुरका लागि बलिङमा आकाश तेजाले सर्वाधिक ३ विकेट लिए। युभान पाण्डेले १ विकेट लिए। 

सिंगापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो। सिंगापुरका लागि कप्तान रियान नैकले ५३ रनको अर्धशतकीय पारी खेले। ओपनरद्वय रोहन अरुण र आहान वुथानदमले क्रमशः ११ र ३८ रन बनाए। प्रनाथ इशान मिदुरीले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिए। सचिन भट्टले ३ र शुभम खनाल र अभय यादवले समान १–१  विकेट लिए। 

नेपालले प्रतियोगिताको दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.