ओमान क्रिकेटले विश्वकपमा सहभागी खेलाडीलाई बाँकी पुरस्कार दिने

ओमान क्रिकेटले विश्वकपमा सहभागी खेलाडीलाई बाँकी पुरस्कार दिने

काठमाडौं : ओमान क्रिकेट बोर्डले २०२४ टी–२० विश्वकपमा सहभागी आफ्नो पुरुष टोलीका खेलाडीलाई बाँकी रहेको पुरस्कार राशि भुक्तानी गर्ने सहमति जनाएको छ। सोमबार सार्वजनिक गरेको एक वक्तव्यमा बोर्डले कुल २ लाख २५ हजार अमेरिकी डलरको राशि खेलाडी र सपोर्ट स्टाफलाई सन् २०२५ को जुलाई महिनासम्म वितरण गरिने जनाएको हो।

अमेरिका र क्यारेबियनमा सन् २०२४ को जून महिनामा सम्पन्न प्रतियोगितापछि एक वर्ष बितिसक्दा पनि ओमानका खेलाडीले पुरस्कार राशि पाएका थिएनन्।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग सदस्य बोर्डद्वारा गरिने सम्झौताअनुसार पुरस्कार राशि पाएको २१ दिनभित्रै खेलाडीलाई वितरण गर्नुपर्ने हुन्छ। आइसिसीले ओमान क्रिकेटलाई समयमै पुरस्कार राशि पठाएको पुष्टि गरेको थियो। तर ओमान क्रिकेटले आफ्नो वक्तव्यमा ढिलाइ ‘प्रक्रियागत’भएको र यस्ता ठुला प्रतियोगितापछि आइसिसीबाट आवश्यक आधिकारिक पुष्टि प्राप्त भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्ने दाबी गरेको छ। 

खेलाडीले प्रतियोगिता समाप्त भएपछि नै रकम नपाएकोबारे आवाज उठाएका थिए। उनीहरूले अक्टोबरमा आयोजित इमर्जिङ टिम्स एसिया कपको अघिल्लो दिन सामूहिक विरोध स्वरूप खेल्न अस्वीकार गर्ने चेतावनी दिएपछि  समस्या अझ गम्भीर बनेको थियो।  

त्यसपछि ओमान क्रिकेटले १५ सदस्यीय टोलीका ११ खेलाडीको केन्द्रीय अनुबन्ध निलम्बन गरेको थियो। तीमध्ये केही खेलाडीले ओमान छाडेका छन्।  

क्यानडा र नेपालका खेलाडीबाट जानकारी पाएपछि ओमानका खेलाडीले विश्व क्रिकेट खेलाडी संघसँग सहयोग मागेका थिए।  

ओमान क्रिकेटले अब यस्ता घटना दोहोरिन नदिन र पुरस्कार राशिबारे स्पष्ट जानकारी दिन एक आन्तरिक समिति गठन गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.