लुम्बिनीले गर्यो रोहितसहित ६ खेलाडी रिटेन
काठमाडौं : लुम्बिनी लायन्सले मार्की खेलाडीसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले कप्तान तथा मार्की खेलाडी रोहित पौडेलसहित ६ खेलाडीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको हो।
लुम्बिनीले रोहित पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राज भण्डारी र अभिषेश गौतमलाई टिममा रिटेन गरेको छ।
त्यस्तै पहिलो सिजन खेलेका बाँकी ६ खेलाडीलाई भने रिलिज गरेको छ। दुर्गेश गुप्ता, आरिफ खान, विकास आग्री, सुर्य तामाङ, अर्जुन साउद र आशुतोष घिरौयालाई टिमबाट रिलिज गरेको हो।
आउँदै गरेको दोस्रो सिजनको एनपीएलका लागि टिमहरुले धमाधम खेलाडी रिटेन र रिलिज गरिरहेका छन्।
यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि पहिलो सिजनबाट खेलाडी रिटेन र रिलिज गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !