लागुऔषधसहित एक जना पक्राउ
सिमरा : प्रहरीले झण्डै दुई किलो लागुऔषध चरेश र एक लाख २३ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ घर भएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ सिदरीया टोलमा बस्ने ५६ वर्षीय बच्चुकुमार बुढाथोकी रहेका छन्।
प्रहरीले जीतपुरसिमरा १ स्थित पथलैयाबाट बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेको ना५ख ८१०१ नम्बरको यात्रुवाहक बस पथलैयामा जाँच गर्ने क्रममा बुढाथोकीलाई चरेश र नगदसहित नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
३