निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ

निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ

झापा : पछिल्लो समयमा झापाका सीमावर्ती नाकाबाट निजी गाडी प्रयोग गरी ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ। पाँच दिनको अन्तरालमा भद्रपुरमा दुईवटा निजी कारसहित ६ जना पक्राउ परेसँगै ब्राउन सुगरको कारोबार फस्टाएको हो। 

यसैक्रममा बुधवार दिउँसो १२ बजेको समयमा भद्रपुर नगरपालिका-७ स्थित आनी होटेल रोड अगाडिबाट एउटा कारसहित चारजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए। पक्राउ पर्नेहरू जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, सोही ठाउँका ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी-११ का २३ वर्षीय राम तामाङ रहेका छन्। 

उनीहरूलाई बुधवारै प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमान्डमा खटिएको टोलीले भारतबाट ब्राउन सुगर खरिद गरी काठमाडौंतिर फर्किँदै गरेको बा.प्र.०१-३-च ०८७७ नम्बरको हुन्डाई कम्पनीको क्रेटा कार चढी गइरहेको अवस्थामा उनीहरूलाई रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा गाडीभित्र रहेको झोलाबाट २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर (लिसाइलो पदार्थ) फेला परेको थियो।

सात थान मोबाइल, कार, ब्राउनसुगरसहित उनीहरूलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई लागुऔषध नियन्त्रणमा ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानको लागि आजै झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिसकेको डीएसपी खडकाले बताए। त्यस्तै असार ७ गते भद्रपुर–५ स्थित भन्सार गेट अगाडीबाट पनि एउटा निजी कारसहित दुई जना ब्राउन सुगरका कारोबारी पक्राउ परेका थिए। 

भारतबाट ब्राउन सुगर मगाएर बा.प्र.०१-०३० च ७७९३ नम्बरको नेटा इभी कार चढेर काठमाडौँ जानै लाग्न खोज्दा काठमाडौं महानगरपालिका २६ का २४ वर्षीय निवेश कुवेर र जिल्ला लमजुङ कोलासोतार गाउँपालिका ७ का २२ वर्षीया नोजिना राना पक्राउ परेका थिए। विशेष सूचनाको आधारमा पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले उनीहरूको ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। उनीहरूलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको डीएसपी खडकाले बताए।  

त्यसैगरी बैशाख ३१ गते गौरीगंज गाउँपालिका-३ स्थित गौरीगंज बजारबाट लागुऔषध कारोबारमा संलग्न दमक नगरपालिकाका भूपेन्द्र राई, भारत बस्ने भोला ठाकुर, मोनाजिर आलम १०० ग्राम ०९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनीहरूलाई पनि ना. १ च. ९१६२ नम्बरको ह्युन्डाई कार र एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ गरिएको थियो। 

पछिल्लो समयमा निजी गाडीको प्रयोग गरी जिल्लाका खुला नाकाहरूबाट ब्राउन सुगरको कारोबार भइरहेको प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले बताए। दुई महिनाको अवधिका तीन वटा कार प्रयोग गरिएको घटना घटिसकेको बताउँदै एसपी लिम्बुले भने, ‘कारोबारीहरू गाडी चढेर ब्राउन सुगर लिन सीमावर्ती बजारसम्म आउने, खरिद गर्ने अनि लिएर पहाडी जिल्लातर्फ लैजाने गरेको अनुसन्धानको क्रममा खुलेको छ।’ 

जिल्लाभन्दा पनि जिल्लाबाहिरबाट लागूऔषध लिन कारोबारी आइरहेकोले त्यसतर्फ प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ। प्रहरीको त्रिवर्षीय तथ्यांक अनुसार ब्राउन सुगर बरामद घटना बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०७९/०८० मा एक हजार ५५८ ग्राम ४५९ मिलिग्राम, २०८०-०८१ मा दुई हजार १७४ ग्राम १९५ मिलिग्राम र चालु आर्थिक वर्षको आजसम्म दुई हजार ५ ग्राम १६५ मिलिग्राम ब्राउन सुगर बरामद गरिसकेको एसपी लिम्बुले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.