टुसा उम्रेको आलु ,प्याज र लसुन स्वास्थ्यका लागि फाइदा कि वेफाइदा ?
काठमाडौं : अंकुरित तरकारी स्वास्थ्यका लागि लाभदायक मानिन्छ। अंकुरित तरकारी खान चिकित्सकहरूले पनि बिरामीलाई सुझाब दिने गर्छन्। यसले पाचन प्रणाली कमजोर भएका व्यक्तिका लागि संजीवनीको काम गर्दछ। यसको नियमित सेवनबाट शरीरलाई चाहिने सबै प्रकारका पोषणतत्वहरू पूर्ति गर्न सकिने चिकित्सकहरू बताउँछन्त। तर, अंकुरित आलु,प्याज र लसुन भने खान नहुने स्वास्थ्य विज्ञहरू बताउँछन्।
आलु टुसाउँदा धेरै मात्रामा ग्लाइकोअल्कलोइड्स भन्ने यौगिक उत्पादन हुन थाल्छ । यो प्राकृतिक विषय हो र यसले बिरुवालाई ढुसी र किराबाट बचाउँछ।तीमध्ये एकलाई सोलनिन भनिन्छ र त्यो आलु,गोलभेडा,भ्यान्टा र खुर्सानीमा पाइन्छ। यो मानिस र जनावरका लागि खतरापूर्ण हुन्छ।
टुसाएको आलुको सबैभन्दा खतरा भनेको यसमा उत्पादन हुने ग्लाइकोअल्कलोइड हो। जसका कारण आलुको स्वाद धेरै तीतो बन्न जान्छ। यस्तो आलु खाँदा पखाला,बान्ता र पेट दुखाइ हुनसक्छ।
पोटेटोज पोस्टहार्वेस्टका लेखक तथा लिंकन विश्वविद्यालयका पोस्टहार्वेस्ट प्रविधिक पाठक डा.क्रिस विशपलेअंकुरित आलुमा सबैभन्दा खतरा ग्लाइकोअल्कालोइड हुने र यसले आलुलाई तितो र बान्ता गराउन सक्ने बताएका छन्।
उनले बीबीसीलाई बताएअनुसार आलुको हरियो रंग हेरेर यसको उपस्थिति पत्ता लगाउन सकिने बताएका छन्।
आलुमा हरियो रङ्गको भयो भने यसमा प्राकृतिक रसायन रहेको मानिन्छ। जो मानव शरीरका लागि घातक हुन्छ। हरियो नभएको आलुमा सोलनिनको तह कम हुन्छ।
अंकुर हटाएपछि यदि आलु अझै गलेको छैन,कुहिने कुनै संकेत छैन भने त्यसलाई सुरक्षित रुपमा उपभोग गर्न सकिन्छ। तर, आलुमा हरियो रङ्ग विकसित भएको छ भने नखाँदा नै राम्रो हुन्छ।
आलुभन्दा फरक टुसाएको प्याज र लसुन सामान्यत: खान सुरक्षित हुन्छन्। किनभने त्यसमा विषाक्तको जोखिम आलुजस्तो हुँदैन। विज्ञहरू प्याज र लसुनलाई चिसो,अँध्यारो,सुख्खा ठाउँमा भण्डारण गर्न सुझाव दिन्छन्।
आलुलाई कसरी भण्डारण गर्ने ?
- आलुलाई सुख्खा र अँध्यारो ठाउँमा भण्डारण गर्नुपर्छ।
-आलु भण्डारण गर्नुअघि धुनु हुँदैन किनभने यसले कुहिने समस्या बढाउँछ।
-आलुलाई प्याजबाट टाढा राख्नुपर्छ। दुवैले ग्यास र आर्द्रता उत्सर्जन गर्छन्,जसले अंकुरणलाई गति दिन्छ।
-एजेन्सीको सहयोगबाट
प्रतिक्रिया दिनुहोस !