पक्षाघातबाट बच्न कस्तो हुनुपर्छ, जीवनशैली ?

पक्षाघातबाट बच्न कस्तो हुनुपर्छ, जीवनशैली ?

फलफूल खाऔं
हरेक दिन स्थानीय स्तरमा पाइने विभिन्न थरीका पौष्टिक खानेकुराहरू खानुपर्छ। दाल, भात, रोटीका साथै पर्याप्त मात्रामा हरिया सागसब्जी र फलफूल खानुपर्छ। यसमा विभिन्न प्रकारका भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पाइन्छन्। प्रत्येक दिन स्याउ, अंगुर, सुन्तला एवं सिजनअनुसारको फलफूल खानुहोस्।

प्रोटिनयुक्त खानेकुरा 

माछा, कुम्पुरा (छाला हटाएर) वा शाकाहारी विकल्पहरू जस्तैः सोयाबिन, गेडागुडी, चना, राज्मा, फ्याट हटाइएको दूध, तोफु खान सकिन्छ। प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा खानुपर्छ। फाइबरयुक्त खानेकुराले तपाईंको रगतमा कोलेस्टेरोलको मात्रा घटाउन मद्दत गर्छ। कम प्रशोधित (होल ग्रेन) अनाज जस्तै ढिकीमा कुटेको चामल, ब्राउन राइस र गहुँको आटाको उपभोग गर्नुहोस्।

नुन नथपौं
नुनले रक्तचाप बढाउँछ। धेरै नुन भएका प्रशोधित खानेकुरा, फास्ट फूड, चिप्स, अचार, चटनीको सेवन नगर्नुहास्। खाना पकाउँदा नुनको प्रयोग कम गर्नुका साथ साथै खाना खाँदा नुन नथप्नुहोस्।

चिल्लो पदार्थको मात्रा कम गरौं
आहारमा केही चिल्लो चाहिन्छ। तर त्यसको मात्रा सीमित गर्नका लागि खाना पकाउँदा तेल, घिउको प्रयोग कम गर्नुहोस्। वैकल्पिक तेलका स्रोतहरू जस्तैः जैतुन, मकै, सूर्यमुखी फूलको तेल पनि प्रयोग गर्न सकिन्छ। 

दूधमा चिल्लो कम गरिएको स्किम्ड वा तर निकालेर दूध पिउन सकिन्छ। धेरै चिल्लो खानाले कोलेस्टेरोल बढाउँछ। सो कोलेस्टेरोल रक्त नलीमा जमेर त्यसलाई बन्द गर्न सक्छ। जुन पक्षाघात एवं हृदयघातको प्रमुख कारण हो।

चिनीको मात्रा घटाऔं
खानेकुरा र पेय पदार्थहरूमा सकेसम्म कम चिनीको प्रयोग गर्नुहोस्। पौष्टिक तत्त्व कम भएका, गुलिया खानेकुरा जस्तै कोक, पेप्सी, फ्यान्टा, बिस्कुट, मिठाई, प्याकेटमा पाइने खानेकुराहरू सकेसम्म नखानुहोस्। अधिक चिनीको सेवनले मधुमेहका साथ साथै शरीरमा बोसोको मात्रा र वजन बढाउँछ।

वजन ख्याल गरौं
अधिक वजनले उच्च रक्तचाप, हृदयरोग र टाइप २ (दोस्रो प्रकारको मधुमेह) को जोखिम हुन्छ। यी सबैले तपाईंको स्ट्रोकको सम्भावना बढाउँछ। स्वस्थ आहार र नियमित व्यायामले तपाईंलाई आफ्नो वजन घटाउन वा नियन्त्रणमा राख्न मद्दत गर्दछ।

पक्षघातबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ। धूमपान, मद्यपान गर्नु हुँदैन। तनाव नलिने, स्वस्थ र सक्रिय जीवनशैली जिउनु पर्छ। नियमित स्वास्थ्य जाँच गर्नुहोस्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.