इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं : इस्ट जोन कप यु-१६ क्रिकेटमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ।  

कोलालाम्पुरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो। 

नेपालले दिएको ४२१ रनको विजयी लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो। 

इन्डोनेसियाका लागि ओपनर ब्याटर काभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाए। दिभित नन्दाले १४ रन बनाउँदा अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

२४ ओभर सकिँदा इन्डोनेसियाले ८ विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो। त्यसपछि २५ औँ ओभरमा कप्तान विपिन शर्माले लगातार २ विकेट लिँदै इन्डोनेसियालाई ५० रनमा प्याक गरेका हुन्। 

नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ६ विकेट लिए। उनले ७.३ ओभरमा २ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिएका हुन्। सुगम बुढाथोकी र शुभम खनालले समान १–१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि व्यक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे। 

प्रसिद्धले रौनक श्रीवास्तवसँग तेस्रो विकेटका लागि १४८ रनको शतकीय साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनरद्वय प्रसिद्ध र परिमार्जन यादवले १३० रनको शतकीय साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

परिमार्जनले ७१ रनको पारी खेले। रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रनको अर्धशतकीय पारी खेले। तीन ब्याटरको अर्धशतक र प्रसिद्धको शतकको साथमा नेपालले बोर्डमा बलियो स्कोर बनाएको हो। 

नेपालले ४८ ओभरमा ५ विकेट गुमाउँदै ४०० रन पूरा गरेको थियो। त्यसपछिको २ ओभरमा २० रन जोड्यो । सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे। 

इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिए। काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिए। 

समूह 'ए'मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.