झापामा ९ प्रतिशत मात्र रोपाइँ

झापामा ९ प्रतिशत मात्र रोपाइँ

झापा : झापामा असार १५ सम्म ९ प्रतिशत रोपाइँ भएको छ। पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो। अघिल्लो वर्ष ११ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए। उनले पर्याप्त वर्षा नहुँदा किसानहरूले धूमधामले खेती गर्न नपाएको र मोटर हुने किसानहरूले मात्र सामान्य रूपमा रोपाइँ गरेको जानकारी दिए।

एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिए। यस पटक समयमा पानी नपर्दा किसानहरूलाई रोपाइँ गर्न समस्या भइरहेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए।  

यसैगरी झापामा २२ औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ। कृषि ज्ञान केन्द्र झापासहित जिल्लाका १५ वटा स्थानीय तह अन्तर्गतका कृषि विकास शाखाहरूले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाएका हुन्।  

यसैबीच भद्रपुर नगरपालिकाको कृषि विकास शाखाको आयोजना तथा उज्जव भविष्य कृषि समूहको व्यवस्थापनमा भद्रपुर–४ स्थित रंगिला चोकमा धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ। 

उज्जव भविष्य कृषि समूहका अध्यक्ष दिलकुमारी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चे बाजा बजाउँदै नाच्दै नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायत सहभागीहरूले हर्षोल्लासका साथ रोपाइँ गरेका थिए। यस पटक तीन प्रकारले रोपाइँ गरिएको थियो। 

परम्परागत हलो जोताई, छरुवा धानका लागि ड्रमसिडर र राइस ट्रान्सप्लान्टरमार्फत रोपाइँ गरिएको कृषि विकास शाखाका प्रमुख हेमराज पन्तले बताए। 

रोपाइँसँगै हिले रस्सी तानातान कार्यक्रम पनि गरिएको शाखाका कर्मचारी सुमन बिमलीले बताए। नगरमा धानको पकेट क्षेत्र घोषणा गरी कृषि आधुनिकीकरणसँग जोडन कृषकलाई दुई वटा धान रोप्ने मेसिन उपलब्ध गराएको र यसले श्रम तथा लागतमा कमी ल्याउँदै उत्पादनमा वृद्धि हुनेमा आफू विश्वस्त रहेको नगर प्रमुख गणेश पोखरेल बताए। 

त्यस्तै नगर उपप्रमुख राधा कार्कीले भारतबाट आयातित चामल खान बन्द गरी धान खेतीमा आत्मनिर्भर बनी भारत निर्यात गर्नुपर्ने जोड दिइन्। कार्यक्रममा भद्रपुर १ नम्बर वडाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। 

त्यस्तै कृषि ज्ञान केन्द्र झापाले मेचीनगर १४ स्थित एनएमसीको एग्रो फार्म यस वर्ष धान दिवस मनाएका थिए।  धान दिवसको अवसरमा नेपाल किसान महासंघले हल्दिबारीमा आयोजना गरेको धान महोत्सवमा हलो हिल्ल्याएर नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि रोपाइँ गरेका थिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.