स्वास्थ्यमन्त्री पौडेलको उपचार जारी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको उपचार जारी छ। अस्वस्थ भएपछि मन्त्री पौडेल असार १४ गते वीर अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सु्धार भइरहेको जानकारी गराएको छ। अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !