ट्यांकरको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

ट्यांकरको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

सिमरा :  पथलैया– वीरगन्ज व्यापारिक मार्गअन्तर्गत बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका- ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् ।  

वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको ना ६ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  

घटनालगत्तै चालकलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ट्यांकरसहित चालक जीतपुरसिमरा २४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गतको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.