लहान नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
सिरहा : सिरहाको लहान नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
पालिकाका ३५ सय ३९ बालबालिकालाई १३ प्रकारको खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए।
लहान नगरपालिकाका १६ वटा स्वास्थ्य केन्द्रबाट खोप दिइएको थियो। स्वास्थ्य केन्द्रमा आएका बालबालिकाको खोज र खोप अभियान गरिएको मेयर महेश चौधरीले बताए।
प्रतिक्रिया दिनुहोस !