मुटु बचाऔं
विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि १ करोड ८६ लाख मानिसहरू मुटुको रोगहरूबाट ज्यान गुमाउने गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेअनुसार, सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि २ करोड ५० लाख पुग्नेछ । कोरोनरी मुटुको रोग
(हृदयघात) संसार कै हत्यारा नं. १ रोगका रूपमा स्थापित हुनेछ । सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन् । स्वस्थ र सक्रिय जीवनशैली परिवर्तनबाट मात्र पनि ८० प्रतिशतभन्दा बढी मुटु रोगका कारणहरू माथि नियन्त्रण गर्न सकिन्छ ।
जानी राखौं, मुटुलाई स्वस्थ राख्न के के गर्नुपर्छ—
- आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ ।
- स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जँचाउनु पर्छ ।
- पेटको नाप र मोटोपनबारे पनि जानकारी लिनुपर्छ ।
- रगतमा कोलेस्टेरोलको अवस्था थाहा पाउन नियमित रगतको परीक्षण गराउनु पर्दछ ।
- नियमित व्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने गर्नुपर्छ ।
- मोटोपन घटाउने र मानसिक तनाव नियन्त्रण गर्नेतर्फ लाग्नुपर्छ ।
- दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानुपर्छ
- बढी गुलियो नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) को उपभोग कम गर्नुपर्छ ।
- धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस !