मधुमेह
हाम्रो पेटभित्रका कोषहरूले इन्सुलिन भन्ने तत्त्व उत्पादन गर्छन् । इन्सुलिनले हामीले खाएको कार्वोहाइड्रेट्सबाट बनेको ग्लुकोजलाई पचाउने कार्य गर्दछ । जसबाट हामीले शक्ति प्राप्त गर्दछौं ।
क्लोम ग्रन्थीका कोषहरूमा खराबी भएमा इन्सुलिन उत्पादनमा कमी आउँछ । फलस्वरूप ग्लुकोज पचाउन नसकी रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ र मूत्र प्रणालीको माध्यमबाट पिसाबसँगै ग्लुकोज बाहिर जान्छ । शरीरमा ग्लुकोजको कमी भई कमजोर हुने, दुब्लाउने, भोक बढी लाग्नेजस्ता लक्षण देखा परेको अवस्थालाई मधुमेह भनिन्छ । यसलाई यो रोगलाई चिनी रोग पनि भनिन्छ ।
प्रायः यो रोग वंशाणुगत कारणले लाग्छ । अधबैंसे र वृद्धावस्थाका व्यक्तिलाई मधुमेहले बढी सताएको पाइन्छ । तर अस्वस्थ्यकर जीवनशैलीका कारण यो रोग बालबालिकामा पनि देखा पर्न थालेको छ । यसले आँखा, मिर्गौला तथा मुटुमा समेत नोक्सान पुर्याउँछ ।
मधुमेह लाग्नुका कारण वंशाणुगत, अस्वस्थकर खानपान, मोटोपना, शारीरिक व्यायामको कमी हुन् ।
प्रतिक्रिया दिनुहोस !